LastUpDate: December 18, 2025

प्रकोप सम्बन्धी सबैभन्दा नयाँ जानकारी

 

 

आपतकालीन जानकारी

 

 सुरक्षित ठाउँमा जाने जानकारी जारी गरेका क्षेत्रहरू र आश्रय स्थलहरूको बारेमा जानकारी निम्न पृष्ठमा निश्चय गर्न सक्नुहुन्छ।
 आपतकालीन जानकारी (सुरक्षित ठाउँमा जाने जानकारी जारी गरेका क्षेत्रहरू, खुला गरेको आश्रय स्थलहरू आदि) ※जापानी भाषा मात्र

 

 

 

(नयाँ जानकारी तलको फेसबुक पेजमा सरल जापानी भाषा र अंग्रेजी भाषामा पोस्ट गरिनेछ।
 फेसबुकमा फलो गर्नुहोस्।
 
Global Community Fukuoka Facebook
 फुकुओका शहर इन्टरनेशनल हल Facebook

 प्रकोपको समयमा उपयोगी लिङ्कहरू र एपहरू

 

सतर्कता स्तर 4 (सुरक्षित ठाउँमा जाने निर्देशन) सम्ममा सुरक्षित ठाउँमा पक्कै जानुहोस्‌

 

सुरक्षित ठाउँमा जान समय लाग्ने वृद्ध व्यक्तिहरू र अपाङ्गता भएका व्यक्तिहरू आदि सतर्कता स्तर 3 "वृद्ध व्यक्तिहरू आदि सुरक्षित ठाउँमा जाने" सम्ममा सुरक्षित ठाउँमा जानुहोस्।
अन्य व्यक्तिहरू पनि सतर्कता स्तर 4 "सुरक्षित ठाउँमा जाने निर्देशन" सम्ममा सुरक्षित ठाउँमा पक्कै जानुहोस्।

सतर्कता स्तर 5 "आपतकालीन सुरक्षा सुनिश्चित गर्ने" जारी सम्ममा पर्खनु हुँदैन।

警戒レベル

 

 सुरक्षित ठाउँमा जाने नयाँ जानकारीको बारेमा लिफलेट (क्याबिनेट कार्यालय वेबसाइट)
  बहुभाषा संस्करणको लागि यहाँ हेर्नुहोस्

 

 

 

 

 

 

(नयाँ कोरोना भाइरस संक्रमणको आधारमा प्रकोपको समयमा सुरक्षित ठाउँमा जाने बारे

 

प्रकोप हुँदा आश्रय स्थलहरू खोल्ने अवस्थामा नयाँ कोरोना भाइरस संक्रमण विरुद्ध उपायहरू राम्ररी अपनाएर आश्रय स्थलहरू सञ्चालन गर्नेछौँ। 
आश्रय स्थलहरूमा जान आवश्यक भएको व्यक्तिहरूले सकेसम्म चाँडो कदम चाल्नुहोस्।
तर सुरक्षित ठाउँमा भएकाहरू भने आश्रय स्थलहरूमा जान आवश्यक छैन।
उपयुक्त कदम चाल्नको लागि अग्रिम तयारी गर्नुहोस्।

पहिला तपाईंको घर बाढी जोखिम क्षेत्र वा पहिरो प्रकोप चेतावनी क्षेत्रमा छ कि छैन जोखिम क्षेत्रको नक्सामा निश्चय गर्नुहोस्।
तपाईंको घर आँधी र बाढी आउने खतरनाक क्षेत्रमा छैन भने बाढी जोखिम क्षेत्र आदिमा भएपनि घरमा आफ्नो सुरक्षा सुनिश्चित गर्न सक्नुहुन्छ भने (जस्तै अग्लो अपार्टमेन्टको उच्च तल्लामा बस्नुहुन्छ आदि) घरमा सुरक्षित भएर बस्ने (घरभित्रै बस्ने) विचार गर्नुहोस् ।

सुरक्षित ठाउँमा जान आवश्यक छ भने तल (1) देखि (4) मा ध्यान दिनुहोस् र सुरक्षित ठाउँमा जानुहोस्।
(1) सुरक्षा सुनिश्चित गर्न सक्ने आफन्त वा परिचित व्यक्तिको घर आदिमा भाग्ने विचार गर्नुहोस्।
(2) आश्रय स्थलहरूमा मास्क लगाउने, हात धुने र खोकी शिष्टाचार जस्ता संक्रामक रोगहरू विरुद्ध आधारभूत उपायहरू राम्रोसँग अपनाउनुहोस्।
(3) अहिले सम्मका अत्यावश्यक वस्तुहरू (पानी, खानेकुरा, ब्लाङ्‌केट, स्वच्छताको लागि सामानहरू, मोबाइल फोन चार्जरहरू, घरेलु औषधिहरू, औषधि नोटबुकहरू आदि) को अतिरिक्त मास्क र थर्मोमिटर आदि नयाँ कोरोना भाइरस संक्रमणको विरुद्ध प्रतिरोधात्मक उपायको रूपमा तयार पार्नुहोस्।
शहरको भण्डारहरू सीमित छन् त्यसैले सकेसम्म निम्न अतिरिक्त सामाग्रीहरू ल्याउनुहोस्।
 ・मास्क वा तौलिया
 ・सेनिटाइजर, साबुन
 ・थर्मोमिटर
 ・विनाइल पन्जा
 ・चप्पल
 ・जाडो समयको लुगा *आश्रय स्थलहरूमा नियमित रूपमा हावा फेरिन्छ।
(4) कारद्वारा भाग्दा खतरनाक हुन्छ। बाढीको क्षतिबाट बच्न सुरक्षित ठाउँमा जाने मार्गहरू र पार्किङ गर्ने ठाउँहरू आदि सावधानीपूर्वक निश्चय गर्नुहोस्।

विस्तृत जानकारीको लागि निम्न पृष्ठ हेर्नुहोस्।

 नयाँ कोरोना भाइरस संक्रमणको आधारमा प्रकोपको समयमा सुरक्षित ठाउँमा जाने बारे *जापानी भाषा मात्र

 

जोखिम क्षेत्रको नक्सा

 

जोखिम क्षेत्रको नक्सा निश्चय गर्नुहोस् र तपाईं बस्ने शहरमा प्रकोप हुँदाको खतराको स्तर निश्चय गर्नुहोस्। 
  ・विस्तृत जोखिम क्षेत्रको नक्सा

   ・बाढी जोखिम क्षेत्रको नक्सा
   ・अङ्ग्रेजी(हिगाशी वडाहाकाता वडाचुओ वडामिनामी वडाजोनान वडासावारा वडानिशी वडा
   ・चिनियाँ(हिगाशी वडाहाकाता वडाचुओ वडामिनामी वडाजोनान वडासावारा वडानिशी वडा
   ・कोरियाली(हिगाशी वडाहाकाता वडाचुओ वडामिनामी वडाजोनान वडासावारा वडानिशी वडा

 

फुकुओका शहर विदेशीहरूको लागि प्रकोप सूचना सहायता केन्द्र

 

व्यापक रूपमा प्रकोप हुँदा फुकुओका शहर विदेशीहरूको लागि प्रकोप सूचना सहायता केन्द्र स्थापना गरिनेछ।

 【फोन नम्बर
   
092-262-1799
  *हाल स्थापना गरिएको छैन। ठूलो प्रकोप हुँदा स्थापना गरिनेछ।
 भाषाहरू
  अङ्ग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, नेपाली, तागालोग, इन्डोनेसियाली,
  थाई, म्यानमार, मलय, मङ्गोलियन, इटालियन, खमेर, स्पेनी,जर्मन, फ्रान्सेली,

  पोर्चुगिज, रूसी,सिन्हाला,हिन्दी,बंगाली,युक्रेनी,उर्दू

 【वेबसाइट】
   
फुकुओका शहर विदेशीहरूको लागि प्रकोप सूचना सहायता केन्द्र