फोहर फाल्ने भाँडोमा फालौँ।

सुपरमार्केट वा कन्भिनियन्स स्टोरहरूमा बेचिने फुकुओका शहरले तोकेको फोहोर फाल्ने झोलाहरू खरिद गरेर, आफ्नो फोहोरलाई छुट्याएर फाल्ने गर्नुहोस्।

बसोबास गर्ने ठाउँ अनुसार फाल्ने दिन तोकिएको हुन्छ ।

घाम डुबे देखि रातिको १२ बजे सम्ममा फोहर फाल्नुहोला ।

फाल्ने ठाउँ तोकिएको हुन्छ ।

फोहर फाल्ने नियमहरू QR कोड रिड गराएर हेरौँ ।
10 वटा भाषामा सेवा प्रदान

https://qrtranslator.com/0000007580/000003
घरायसी फोहोर फाल्ने तरिका, फोहोर छुट्याउने तरिका र रिसाइकलमा पठाउने तारिकाको जानकारी दिने सामग्रीहरू QR कोड प्रयोग गरेर डाउनलोड गर्न सकिन्छ।

https://www.city.fukuoka.lg.jp/kankyo/jigyokeigomi/life/katei-bunbetsu/gomi-download.html
3 भाषामा सेवा प्रदान
समर्थित भाषाहरू: अंग्रेजी, चिनियाँ, कोरियन






हिँड्दा वा साइकल चलाउँदा धुम्रपान नगर्नुहोस्। विशेष गरी तेन्जिन / दाइम्यो क्षेत्र र हाकाता स्टेशन क्षेत्रमा सडकमा धुम्रपान गर्नु हुँदैन।
बाहिर धूम्रपान गरेपछि, आफ्नो चुरोटको ठुटा भुइँमा नफ्याँकेर एशट्रे वा कन्टेनरमा फाल्नुहोस्।
https://www.city.fukuoka.lg.jp/shimin/jigyochosei/shisei/rojoukinnenntiku_2.html
सिद्धान्ततः मोटर बाटोको बायाँ पट्टिबाट चलाउने।

फुटपाथमा पैदल यात्रीहरूलाई प्राथमिकता हुन्छ।
यदि फुटपाथमा साइकल चलाउन मिल्ने भए, गाडी चल्ने सडकतिरको साइडमा बिस्तारै चलाउनुहोस्।

रातिमा आफ्नो बत्ती बाल्नुहोस् ।

साइकल चलाउँदा कृपया हेलमेट लगाउनुहोस्।

साइकल पार्किङ गर्ने ठाउँमा मिलाएर राख्ने।
पार्किङ निषेधित क्षेत्रको चिन्ह

साइकल पार्किङ स्थलको नक्सा
सडकमा साइकल छोडेर राखेमा हटाइनेछ।
साइकल पार्किङ बाहेक सडक जस्ता अन्य स्थलमा रोकेर राखिएका साइकलहरूलाई "जथाभाबी छोडिएको साइकल" मानेर त्यहाँबाट हटाइनेछ।
साथै साइकल फिर्ता गर्दा सार्ने र भण्डारण शुल्कको रूपमा 2,500 येन सङ्कलन गरिनेछ।
हटाइएका साइकलहरू यो ठाउँबाट फिर्ता लिन सकिन्छ।
| हटाइएको स्थान | साइकल राख्ने स्थान | ठेगाना | टेलिफोन नम्बर |
|---|---|---|---|
| हिगाशी वार्ड | खाईजुका | हिगाशी वार्ड, खाइजुका 7-7 | 092-633-3050 |
| हाकाता वार्ड | एनोकिदा | हाकाता वार्ड, हिगाशिहिए 3-11-14 | 092-411-1706 |
| चुओ वार्ड | नानोचु | चुओ वार्ड, नानोचु 3-7 | 092-781-6542 |
| मिनामी वार्ड | हिराओ | मिनामी वार्ड, ओकुसु 2-18 | 092-524-0415 |
| जोनान वार्ड | निशिजिन | सावारा वार्ड, सोहारा 14 | 092-851-6878 |
| सावारा वार्ड | |||
| निशी वार्ड | मेइनोहामा | निशि वार्ड, ओदो 4-26-3 | 092-881-8848 |
हटाइएका साइकलहरूको बारेमा थप जान्नुहोस्

https://www.city.fukuoka.lg.jp/doro-gesuido/cycle/hp/removal_2303.html
मादक पदार्थ सेवन गरेर चलाउन

मोबाइल फोन प्रयोग गर्न

समानान्तर रूपमा सँगसँगै कुदाउन

छाता ओढ़न

हेड फोन लगाएर चलाउन

दुई जना चढ़न

पैदल यात्रीहरूसँग हुने दुर्घटनाहरूमा ठूलो क्षतिपूर्ति तिर्नुपर्ने अवस्थाहरू पनि आउन सक्छन्।
फुकुओका शहरको अध्यादेशले सबै साइकल चालकहरूलाई साइकल क्षतिपूर्ति दायित्व बीमामा आवद्ध हुनुपर्ने अनिवार्य गरेको छ।
कृपया सवारी गर्दा अपनाउनु पर्ने सावधानीहरू पुनः निश्चित गर्नुहोस्।
साइकलको ट्राफिक नियमहरूको बारेमा
https://www.city.fukuoka.lg.jp/shimin/seikatsuanzen/shisei/jitensya-kotsurule.html