LastUpDate: March 2, 2022

चिकित्सा बिमा

जापानमा रोग या चोटपटक लागेको बेलामा, कम भार परोस् र निश्चिन्त भएर चिकित्सा उपचार प्राप्त गर्नका निमित्त सार्वजनिक चिकित्सा बिमा प्रणाली उपलब्ध रहेको छ। चिकित्सा बिमा भनेको, हामी आफू एकजनाको लागि मात्र नभएर, धेरै मानिसहरूले एक-अर्कालाई टेवा दिने प्रणाली हो। निम्न 1 ∼ 3 मध्ये कुनै एक बिमा प्रणालीमा आबद्ध हुन पर्ने हुन्छ।


1. स्वास्थ्य बिमा

एक हप्तामा 20 घण्टा वा सो भन्दा बढि काम गर्ने र मासिक तलब 88,000 येन वा सो भन्दा बढि हुने जस्ता सर्तहरू सँग मेल खाने व्यक्तिले, कम्पनी आदिको स्वास्थ्य बिमामा आबद्ध हुन्छन्।
स्वास्थ्य बिमामा आबद्ध भएको व्यक्तिको जापानमा बसोबास गर्ने परिवारका सदस्यहरू पनि स्वास्थ्य बिमामा आबद्ध हुन सकिने अवस्था हुन्छ।
स्वास्थ्य बिमामा आबद्ध हुन मिल्छ मिल्दैन कम्पनीमा नै सोधपुछ गर्नुहोस्।


2. नागरिक स्वास्थ्य बिमा

तीन महिना कट्ने गरी जापानमा बसोबास गर्न स्वीकृति दिइएको व्यक्तिले फुकुओका नगरको नागरिक स्वास्थ्य बिमामा आबद्ध नभइ हुँदैन। आफू बसोबास गर्ने वडाको वडा कार्यालयको बिमा तथा पेन्सन शाखा (कुयाकु-स्यो होकेन् नेन्किन्-खा)बाट प्रक्रिया चाल्नुहोस्।
तथापि, निम्न मध्ये कुनै एक बुँदासँग मेल खाने व्यक्ति बिमामा आबद्ध हुन मिल्दैन।

(1) जो व्यक्ति "डेजिक्नेटेड एक्टिभिटिज” भिसामा बसोबास गरिरहेको छ र निम्न बुँदासँग मेल खान्छ
 ・"चिकित्सा उपचार प्राप्त गर्ने गतिविधि" अथवा "उक्त व्यक्तिको दैनिक जीवनयापनमा सेवा गर्ने गतिविधि" गर्ने व्यक्ति
 ・"पर्यटन, विश्रान्ति वा अन्य मिल्दोजुल्दो गतिविधि" गर्ने व्यक्ति अथवा "त्यस व्यक्तिसँग साथमा आउने जहान" स्वरूपको व्यक्ति
 * “डेजिक्नेटेड एक्टिभिटिज" नामको भिसा भएको व्यक्तिले उक्त गतिविधिको विवरण जनाउने "सितेइ-स्यो” भनिने पत्र देखाउनुहोस्।
(2) कम्पनी आदिको स्वास्थ्य बिमामा आबद्ध व्यक्ति
(3) वयोवृद्ध व्यक्तिको चिकित्सा उपचार प्रणालीमा आबद्ध व्यक्ति
(4) जीवनयापन संरक्षण लाभ प्राप्त गरिरहेको व्यक्ति
(5) विश्वयुद्ध ताका चीनबाट फर्किन नपाएका जापानी नागरिकहरूलाई दिइने लाभ प्राप्त गरिरहेको व्यक्ति
(6) जापानसँग चिकित्सा बिमा लगायत सामाजिक सुरक्षा सम्झौता गरेको राष्ट्रको व्यक्ति जसले आफ्नो देशको सरकारले जारी गरेको सामाजिक सुरक्षामा आबद्ध प्रमाण पत्र प्राप्त गरेको छ


3. वयोवृद्ध व्यक्तिको चिकित्सा उपचार प्रणाली

तीन महिना कट्ने गरी जापानमा बसोबास गर्न स्वीकृति पाएका 75 वर्ष वा सो भन्दा बढि उमेरको व्यक्ति अथवा 65 वर्ष वा सो भन्दा बढि 75 वर्ष भन्दा कम उमेरको व्यक्ति, जसले एक निश्चित स्तरको अशक्तता छ भनेर फुकुओका प्रान्तीय वयोवृद्ध चिकित्सा उपचार वृहत्तर युनियनबाट मान्यता पाएका छन् (प्रमाणीकरण प्रक्रियाको विधिको लागि आफू बसोबास गर्ने वडा कार्यालयको बिमा तथा पेन्सन शाखा (कुयाकु-स्यो होकेन् नेन्किन्-खा)मा सोधपुछ गर्नुहोस्।) उनीहरू वयोवृद्ध चिकित्सा उपचार प्रणालीका बिमित हुनेछ।
तथापि, निम्न मध्ये कुनै एक बुँदासँग मेल खाने व्यक्ति, वयोवृद्ध चिकित्सा उपचार प्रणालीको बिमित हुन मिल्ने छैन।

(1) जो व्यक्ति "डेजिक्नेटेड एक्टिभिटिज” भिसामा बसोबास गरिरहेको छ र निम्न बुँदासँग मेल खान्छ
 ・ "चिकित्सा उपचार प्राप्त गर्ने गतिविधि" अथवा "उक्त व्यक्तिको दैनिक जीवनयापनमा सेवा गर्ने गतिविधि" गर्ने व्यक्ति
 ・ "पर्यटन, विश्रान्ति वा अन्य मिल्दोजुल्दो गतिविधि" गर्ने व्यक्ति अथवा "त्यस व्यक्तिसँग साथमा आउने जहान" स्वरूपको व्यक्ति
 * “डेजिक्नेटेड एक्टिभिटिज" नामको भिसा भएको व्यक्तिले उक्त गतिविधिको विवरण जनाउने "सितेइ-स्यो” भनिने पत्र देखाउनुहोस्।
(2) जीवनयापन संरक्षण लाभ प्राप्त गरिरहेको व्यक्ति
(3) विश्वयुद्ध ताका चीनबाट फर्किन नपाएका जापानी नागरिकहरूलाई दिइने लाभ प्राप्त गरिरहेको व्यक्ति
(4) जापानसँग चिकित्सा बिमा लगायत सामाजिक सुरक्षा सम्झौता गरेको राष्ट्रको व्यक्ति जसले आफ्नो देशको सरकारले जारी गरेको सामाजिक सुरक्षामा आबद्ध प्रमाण पत्र प्राप्त गरेको छ


बिमा शुल्क

चिकित्सा बिमामा आबद्ध भएको व्यक्तिले बिमा शुल्क भुक्तानी नगरी हुँदैन।
सम्बन्धित व्यक्तिको आय आदि अनुसार बिमा शुल्क निर्धारण हुन्छ।

फुकुओका नगरमा नागरिक स्वास्थ्य बिमा शुल्कको कर दाखिला बारेमा (जरुरी) (227kbyte)pdf


सम्पर्क स्थान

वडा कार्यालयमा सोधपुछ

वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)


सम्पर्क स्थान थाहा नभएको बेला र अन्य परामर्शको लागि

विदेशी नागरिक समग्र परामर्श सहायता केन्द्र
फोन नम्बर: 0120-66-1799 (निःशुल्क)
*092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 18:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)