जापानमा काम गर्ने, बस्ने वा किनमेल गर्ने मानिसहरू "कर" तिर्छन्।
फुकुओका शहरले सङ्कलन गरेको करलाई सडकको मर्मतसम्भार र फोहोर प्रशोधन जस्ता हाम्रो दैनिक जीवनका क्रियाकलापहरूका लागि प्रयोग गरेको छ।
तोकिएको मितिसम्ममा अनिवार्य रूपमा कर तिर्नुहोस्।
यदि तोकिएको मितिभित्र तिर्नुभएन भने विलम्बन शुल्क लाग्न सक्छ।
साथै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सकिने छैन, जुन पत्र बसोबास योग्यता नवीकरण गर्दा आवश्यक हुन्छ।
※कर तिर्न सक्नुहुन्न भने के गर्ने?
कृपया वडा कार्यालयको साझा विदेशी भाषा समर्पित हटलाइन सेवामा कल गर्नुहोस्।
वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)
【नगर बासिन्दा कर र प्रान्त बासिन्दा कर भुक्तान सूचना पत्र】
※यो खाम प्राप्त गर्नुभयो भने खामभित्र के छ, तुरुन्तै हेरेर पक्का गर्नुहोस्। कर भुक्तान सूचना पत्र भनेको तपाईँले तिर्नुपर्ने करबारे सूचना दिने कागज हो।
भुक्तानी पत्र भनेको कर तिर्ने बेला प्रयोग गरिने कागज हो।
तोकिएको अन्तिम मितिसम्ममा यो भुक्तानी पत्र लिएर कन्भिनियन्स स्टोर, बैंक वा हुलाक कार्यालयमा गएर तिर्नुहोस्।
【हल्का मोटर गाडी भुक्तान सूचना पत्र】
यो खाम प्राप्त गर्नुभयो भने खामभित्र के छ, तुरुन्तै हेरेर पक्का गर्नुहोस्।
मे महिनाको अन्तिम दिनसम्ममा यो भुक्तानी पत्र लिएर कन्भिनियन्स स्टोर, बैंक वा हुलाक कार्यालयमा गएर तिर्नुहोस्।
आफ्नै बैंक खाता भएका व्यक्तिले "बैंक खाताबाट स्थानान्तरण"-द्वारा भुक्तानी गर्न सक्छन्। नगरपालिका कार्यालयको कर भुक्तानी शाखा, बैंक वा हुलाक कार्यालयको काउन्टरमा "बैंक खाताबाट स्थानान्तरण"-को लागि प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ।
स्थानीय कर भुक्तानी साइटबाट क्रेडिट कार्ड प्रयोग गरी कर तिर्न सक्नुहुन्छ। यसो गर्दा सेवा दस्तुर लाग्छ।
स्थानीय कर भुक्तानी साइट प्रयोग गरी कर दाखिला <क्रेडिट कार्ड आदि मार्फत भुक्तानी गर्ने साइटको पेज>
भुक्तानी पत्र (नोउफु-स्यो)मा छापिएको eL-QR, बारकोड मध्ये कुनै एक प्रयोग गरेर, स्मार्टफोन पेमेन्ट एप मार्फत भुक्तानी गर्न सक्नुहुन्छ।
स्मार्टफोन पेमेन्ट एप मार्फत कर दाखिला <एप मार्फत भुक्तानी गर्ने साइटको पेज>
जनवरी 1 तारिखदेखि डिसेम्बर 31 तारिखसम्मको एक वर्षको अवधिमा 10 लाख येनभन्दा धेरै आम्दानी आर्जन गरेकाहरूले कर तिर्नुपर्ने हुन सक्छन्।
जुन साल तपाईँले आमदानी आर्जन गर्नुभयो, त्यो सालको कर अर्को सालको जनवरी 1 तारिखमा बसोबास गर्ने नगरपालिका वा गाउँपालिकालाई तिर्नुपर्नेछ।
जून 20 तारिखतिर कर भुक्तान सूचना पत्र पठाइनेछ।
जनवरी 1 तारिख फुकुओका शहरमा बसोबास गर्ने व्यक्तिले त्यस वर्षको मार्च 15 तारिखसम्ममा आफू बस्ने वडाको वडा कार्यपालिका कराधान शाखामा गएको सालको आमदानीको स्वघोषणा गर्नुहोस्।
तपाईँ काम गर्ने कम्पनीले तपाईँको आमदानीबारे शहरलाई जानकारी दिएको छ भने तपाईँले स्वघोषणा गर्नुपर्दैन।
अप्रिल 1 तारिखमा आफ्नो मोपेड र हल्का मोटर गाडी भएकाहरूले कर तिर्नुपर्नेछन्।
मे 15 तारिखतिर कर भुक्तान सूचना पत्र पठाइनेछ।
आफ्नो गाडी कसैलाई दिँदा वा फाल्दा आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ।
फुकुओका शहरमा आफ्नो ठेगाना वा कार्यालय नभएका तर फुकुओका शहरमा नगर बासिन्दा कर जस्ता करहरू तिर्नुपर्नेहरूले आफ्नो लागि कर भुक्तान नियन्त्रक नियुक्त गर्नुहोस्। उक्त नियन्त्रकले तपाईँको ठाउँमा कर भुक्तान सूचना पत्र प्राप्त गर्छन् र कर तिर्छन्। (कर भुक्तान नियन्त्रकबिना कर तिर्दा पनि कुनै समस्या नहुने भनिएको छ भने कर भुक्तान नियन्त्रक नियुक्त गर्न आवश्यक छैन ।)
कर भुक्तान नियन्त्रकबारे <पर्चा>(PDF:505KB)
बसोबास योग्यता (भिसा) नवीकरण गर्दा क्षेत्रीय अध्यागमन सेवा ब्यूरोलाई आफ्नो "वैयक्तिक नगर तथा प्रान्त बासिन्दा कराधान प्रमाणपत्र (खाजेइ स्योउमेइस्यो)" वा "कर चुक्ता प्रमाणपत्र (नोउजेइ स्योउमेइस्यो)" पेस गर्न आवश्यक हुन सक्छ। गएको सालको आम्दानीको स्वघोषणा नगरेको व्यक्ति "कराधान प्रमाणपत्र (खाजेइ स्योउमेइस्यो)" पाउन सक्दैनन्। "कराधान प्रमाणपत्र (खाजेइ स्योउमेइस्यो)" पाउनको लागि आफ्नो आम्दानीको स्वघोषणा गर्नुहोस्। गएको सालको खुद आयको जानकारी भएको कागजात (गेन्सेन च्योउस्युउ ह्योउ आदि) लिएर वडा कार्यपालिका कार्यालयमा गएर स्वघोषणा गर्नुहोस्। तपाईँको करको रकम निर्धारण गरी कर तिरिसकेपछि "कर चुक्ता प्रमाणपत्र (नोउजेइ स्योउमेइस्यो)" प्राप्त गर्न सक्नुहुन्छ।
(पत्राचार गरिदिन अनुरोधको लागि) भिसा आवेदनको लागि कर प्रमाणपत्रको लागि आवेदन फारम(PDF:421KB)
जापानबाट प्रस्थान गर्नुअघि सबै कर तिर्नुहोस् वा आफ्नो ठाउँमा कर भुक्तान गर्ने व्यक्ति (कर भुक्तान नियन्त्रक)-को जानकारी वडा कार्यपालिका कार्यालयलाई दिनुहोस्।
कर तिर्न बाँकी भएकाहरूले निम्न प्रक्रिया अपनाउनुहोस्।
Information on Fukuoka City Taxes
Information on Fukuoka City Taxes in Simple Japanese
वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)
विदेशी नागरिक समग्र परामर्श सहायता केन्द्र
फोन नम्बर: 0120-66-1799 (निःशुल्क)
*092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 18:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)