LastUpDate: April 1, 2024

स्वास्थ्य संस्थाले विदेशी भाषाबाट सेवा प्रवाह सम्बन्धमा


फुकुओका नगरको मेडिकल दोभासे कल सेन्टर


सेवाका क्षेत्रहरु

विदेशी भाषामा स्वास्थ्य संस्था सिफारिस गर्ने, अस्पताल / डाक्टरको प्रिस्क्रिप्शन स्विकार्ने फार्मेसी आदि सँग परामर्श लिन सकिन्छ।


फोन नम्बर

फोन:092-733-5429


प्रयोग गरे बापत लाग्ने शुल्क

निःशुल्क (तर, फोन कल शुल्क, प्रयोगकर्ता स्वयमले व्यहोर्नु पर्ने)


सेवा दिने समय

दिनरात, प्रत्येक दिन प्रयोग गर्न सकिन्छ। (२४ सै घण्टा, ३६५ दिन) 


उपलब्ध भाषाहरु

२० वटा भाषा (अँग्रेजी भाषा, चाइनिज  भाषा, कोरियन भाषा, थाइ भाषा, भियतनामी भाषा, इन्डोनेशिया भाषा, तागलोग भाषा, नेपाली भाषा, स्पेनिस भाषा, पोर्चुगिज भाषा, जर्मन भाषा, फ्रेन्च भाषा, इटालियन भाषा, रसियन भाषा, मलाय भाषा, म्यानमार भाषा, खमेर भाषा, मंगोलियन भाषा, सिन्हाली भाषा, हिन्दी भाषा)



स्वास्थ्य संस्था खोज्ने पेज


फुकुओका मेडिकल जानकारी नेट

・हाल उपचार गराइरहेको स्वास्थ्य संस्था इन्टरनेटमा खोज्न सकिन्छ।
・प्रिफेक्चर भित्रको स्वास्थ्य संस्थाले हामीलाई उपलब्ध गराएको सो संस्थाको भौतिक संरचना, सेवा, सुविधासँग सम्बन्धित जानकारीहरु, इन्टरनेटमा राखेर जानकारी दिइरहेको छ।
・जँचाउने समय, विशेषज्ञ सेवा, पालिका, प्रयोग गर्न सक्ने भाषा आदि विभिन्न सर्त राखेर, स्वास्थ्य संस्था खोज्न सकिन्छ।
※वेब साइट जापानीज भाषा र अँग्रेजी भाषामा मात्र उपलब्ध छ।