Fukuoka City
LastUpDate: March 2, 2022

बसाइँ जाने (फुकुओका सहरबाट अन्य नगरपालिका/गाउँपालिका वा विदेश तर्फ ठेगाना सार्दा)


रूपरेखा

फुकुओका सहरबाट अन्यत्र नगरपालिका/गाउँपालिका वा विदेश तर्फ ठेगाना सार्दा सूचित गराउने पत्र हो।
अन्यत्र नगरपालिका/गाउँपालिका तर्फ बसाइँ सर्दा, बसाइँ जाने नगरपालिका/गाउँपालिकाको काउन्टरमा पेस गर्नको लागि "बसोबास स्थान परिवर्तन प्रमाणपत्र" जारी गरिन्छ।


रेसेप्शन:

हुलाक कार्यालय अथवा काउन्टरबाट प्रक्रिया अपनाउन सकिन्छ।


दायरामा पर्ने व्यक्ति

फुकुओका सहरबाट अन्यत्र नगरपालिका/गाउँपालिका वा विदेश तर्फ सर्ने व्यक्ति


सूचित गराउने पत्र गर्न पाउने व्यक्ति

・मूल व्यक्ति स्वयं अथवा घरमूली
・प्रतिनिधि पात्र
*प्रतिनिधि पात्रले गर्ने हो भने वारेसनामा आवश्यक पर्छ।
*वारेसनामाको ढाँचा आफ्नो खुसी बनाउँदा हुन्छ। वारेसनामा लेख्दा वारेसको अधिकार दिने व्यक्ति स्वयंले चिठ्ठी लेख्ने कागज आदिमा निम्न विवरण लेखेर तयार पार्नुहोला।
 (1) लेखेको मिति
 (2) वारेस व्यक्तिलाई दिने अधिकारको विवरण (〇〇बारेको वारेस अधिकार प्रदान गर्छु।) / वारेस बनाउनु पर्ने कारण (व्यस्त भएको कारण आदि)
 (3) प्रतिनिधि पात्रको नामथर तथा ठेगाना
 (4) मूल व्यक्ति स्वयंको हस्ताक्षर अथवा नाम लेखी छाप लगाएको ठेगाना लेखेको


आवश्यक पर्ने वस्तु

हुलाकबाट पठाउँदा

निम्न 3 थोकलाई बसाइँ जाने (निस्केको) ठाउँको नगरपालिकाको सहरबासी शाखा अथवा उपशाखामा हुलाकबाट पठाउनु होस्। आइपुगेपछि बसोबास स्थान परिवर्तन प्रमाणपत्र पठाइने छ र पठाउने ठेगाना फुकुओका सहर भित्र बसोबास दर्ता भएको ठेगाना अथवा बसाइँ गएको नयाँ ठेगानामा मात्र पठाइने हुन्छ।

1.सहर बाहिर बसाइँ जाने (हुलाकबाट पठाउनका निमित्त) *जापानी भाषामा मात्र
 *डाउनलोड गर्ने अथवा नगरपालिकाबाट प्राप्त गर्नुहोस्।
 *ढाँचा फारामको विवरण हेरेर चिठ्ठी लेख्ने पाना आदिमा लेखेपनि फरक पर्दैन।
 *दिउँसोको टाइममा सम्पर्क हुने (मोबाइल नम्बर आदि) नै लेख्नुहोस्।
 *बसाइँ सरेको (बसाइँ सर्ने योजना भएको) दिन नै सरुवा मिति हुनेछ।

2.फेब्रुअरी मूल व्यक्ति पहिचान हुने कागजातको प्रतिलिपि (रेसिडेन्स कार्ड, पासपोर्ट, स्वास्थ्य बिमा कार्ड, माइ-नम्बर कार्ड आदि)
 *खाम भित्र सँगै राखेको नभए स्वीकार्य हुने छैन।
 *माइ-नम्बर कार्डको प्रतिलिपि हो भने, अगाडिको सतह मात्र पठाउनु होला। 

3.प्रतिउत्तर निमित्तको खाम (पाउने व्यक्तिको ठेगाना तथा नाम लेखेर, टिकट टाँसिएको खाम)
 *बसाइँ जाने निवेदन प्राप्त गरेपछि, यताबाट बसोबास स्थान परिवर्तन प्रमाणपत्र पठाउनको लागि चाहिने चिज हो।
 *विशिष्ट बसाइँ जाने (माइ-नम्बर कार्ड अथवा आधार कार्ड (ज्यूमिन किहोन दाइच्योउ कार्ड) भएका व्यक्ति मात्र) चाहना राख्ने व्यक्तिको लागि प्रतिउत्तरलाई चाहिने खाम आवश्यक पर्दैन।
 *विदेशमा बसाइँ जाने (बसाइँ गएको) व्यक्तिको लागि प्रतिउत्तरलाई चाहिने खाम आवश्यक पर्दैन।


काउन्टरमा जाने भए

1.(अन्य ठाउँबाट फुकुओका सहरमा) बसाइँ सरेको लिखित पत्र
2.काउन्टरमा आउने व्यक्तिको मूल व्यक्ति स्वयं हो भनेर पहिचान हुने कागजात (रेसिडेन्स कार्ड, पासपोर्ट, स्वास्थ्य बिमा कार्ड, माइ-नम्बर कार्ड आदि)
3.वारेसनामा (यदि सूचित गराउने व्यक्ति प्रतिनिधि पात्र हो भने)


सूचित गराउने काउन्टर

बसाइँ जाने नगरपालिकाको सहरबासी शाखा अथवा उपशाखाको सहरबासी जिम्मेवार कर्मचारी


सम्पर्क स्थान

वडा कार्यालयमा सोधपुछ

वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)


सम्पर्क स्थान थाहा नभएको बेला र अन्य परामर्शको लागि

विदेशी नागरिक समग्र परामर्श सहायता केन्द्र
फोन नम्बर: 0120-66-1799 (निःशुल्क)
*092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 18:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)