LastUpDate: March 2, 2022

फुकुओका सहरमा बसाइ सरेकोबारे सूचित गराउने पत्र (सहर बाहिर, वडा बाहिर र देश बाहिरबाट सरेको बेला)


रूपरेखा

यो अन्य सहर, नगरपालिका वा गाउँपालिका, देश बाहिरबाट फुकुओका सहरमा बसाइ सरेको बेला, बसाइ सरेको कुरा सूचित गराउने पत्र हो।
(यसमा फुकुओका सहर भित्रै फरक वडामा सर्ने अवस्थाहरू पनि पर्दछन्।)


विवरण

यो सूचित गराउने पत्रको आवाससँग सम्बन्धित प्रमाणपत्र, मतदाता नामावली दर्ता, फरक विद्यालयमा भर्ना, नागरिक स्वास्थ्य बिमा, नागरिक पेन्सन, नर्सिङ बिमाको योग्यता तथा भत्ता, इन्कान (स्ट्याम्प) दर्ता र प्रमाणपत्र जस्ता दैनिक जीवनयापनसँग गहिरो सम्बन्ध हुन्छ। उचित रूपमा फुकुओका सहरको निवासी प्रशासन सेवा प्राप्त गर्नको लागि पनि, बसाइ सरेपछि तुरुन्तै फुकुओका सहरमा बसाइ सरेकोबारे सूचित गराउने पत्र पेस गर्नुहोस्।


सूचित गराउने पत्र पेस गर्नुपर्ने व्यक्ति

・अन्य सहर, नगरपालिका वा गाउँपालिका अथवा देश बाहिरबाट फुकुओका सहरमा सरेको व्यक्ति
・फुकुओका सहर भित्रै फरक वडामा सरेको व्यक्ति


सूचित गराउन सक्ने व्यक्ति

・सरेको व्यक्ति स्वयम् अथवा घरमूली
・प्रतिनिधि
*प्रतिनिधिको खण्डमा, प्रतिनिधिपत्र आवश्यक पर्नेछ।
*प्रतिनिधिपत्रको ढाँचा जस्तो भए पनि हुन्छ। अनिवार्य रूपमा जिम्मा दिने व्यक्तिले निम्न विवरण चिठी लेख्ने कागज आदिमा लेखेर बनाउनुहोस्।
(1) बनाएको मिति
(2) जिम्मा दिने विवरण (म 〇〇 को जिम्मा दिन्छु।) र जिम्मा दिने कारण (व्यस्त भएको कारण आदि)
(3) प्रतिनिधिको नाम र ठेगाना

(4) सम्बन्धित व्यक्तिको हस्ताक्षर अथवा आफ्नो नाम लेखेर इन्कान (स्ट्याम्प) र ठेगाना


आवश्यक कागजातहरू

सहर बाहिर अथवा वडा बाहिरबाट बसाइ सरेको खण्डमा

1.(अन्य ठाउँबाट फुकुओका सहरमा) बसाइ सरेको लिखित पत्र

2.अगाडिको ठेगाना भएको नगरपालिका/गाउँपालिकाद्वारा जारी गरिएको बसोबास स्थान परिवर्तन प्रमाणपत्र
*अग्रिम रूपमा अगाडिको ठेगाना भएको ठाउँको नगरपालिका/गाउँपालिकामा अन्यत्र बसाइ सर्नेबारे सूचित गराउने पत्र पेस गरी बसोबास स्थान परिवर्तन प्रमाणपत्र लिनुहोस्। माइ-नम्बर कार्ड र आधारभूत निवासी दर्ता कार्ड भएको अवस्थामा पनि अन्यत्र बसाइ सर्नेबारे सूचित गराउने पत्र पेस गर्नुपर्नेछ तर बसोबास स्थान परिवर्तन प्रमाणपत्र आवश्यक पर्दैन। अन्यत्र बसाइ सर्नेबारे सूचित गराउने पत्रको लागि अगाडिको ठेगाना भएको नगरपालिका/गाउँपालिकामा सम्पर्क गर्नुहोस्।
*फुकुओका सहरको फरक वडाबाट बसाइ सर्ने खण्डमा, अन्यत्र बसाइ सर्नेबारे सूचित गराउने पत्र पेस गर्नु पनि पर्दैन र बसोबास स्थान परिवर्तन प्रमाणपत्र पनि आवश्यक पर्दैन।

3.रेसिडेन्स कार्ड अथवा विशेष स्थायी बसोबासी (पिआर) प्रमाणपत्र (फुकुओका सहरमा बसाइ सरेको सबै विदेशी नागरिकहरूको चाहिन्छ)

4.माइ-नम्बर कार्ड अथवा आधारभूत निवासी दर्ता कार्ड (भएको व्यक्ति मात्र) (फुकुओका सहरमा बसाइ सरेको सबै व्यक्तिहरूको चाहिन्छ)
*सबैको पिन टाइप गर्नुपर्नेछ। तर एकै निवासी दर्ता पत्रमा नलेखिएको व्यक्तिलाई राख्ने खण्डमा, अग्रिम रूपमा सम्पर्क गर्नुहोस्।

5.प्रतिनिधिपत्र र प्रतिनिधिको परिचय खुल्ने कागजात (रेसिडेन्स कार्ड, पासपोर्ट, स्वास्थ्य बिमा कार्ड आदि)
*सूचित गराउने व्यक्ति प्रतिनिधिको खण्डमा मात्र


जापान बाहिरबाट फुकुओका सहरमा बसाइ सरेको खण्डमा

1.निम्न मध्ये कुनै एक कागजात (फुकुओका सहरमा बसाइ सरेको सबै विदेशी नागरिकहरूको चाहिन्छ)
・रेसिडेन्स कार्ड
・विशेष स्थायी बसोबासी (पिआर) प्रमाणपत्र
・विशेष स्थायी बसोबासी (पिआर) प्रमाणपत्र समानको विदेशी नागरिक दर्ता प्रमाणपत्र
・केही दिन पछि रेसिडेन्स कार्ड जारी गरिने बेहोरा लेखिएको राहदानी (पासपोर्ट)

2.नाता प्रमाणको कागजात
*यो कागजात विदेशी नागरिक घरमूली भएको परिवार अथवा विदेशी नागरिक घरमूली भएको परिवारमा घरमूलीको आफन्त पर्ने विदेशी नागरिक फुकुओका सहरमा बसाइ सरेको अवस्थामा आवश्यक पर्छ।
*नाता प्रमाणको कागजात विदेशी भाषामा बनाइएको भएमा, उक्त प्रमाणसँगै अनुवादक स्पष्ट गरिएको अनुवाद पत्र पनि संलग्न गर्नुहोस्।


सूचित गराउने काउन्टर

फुकुओका सहरमा बसाइ सरेको ठेगाना भएको ठाउँको वडा कार्यालय सहरबासी शाखा अथवा उपशाखाको सहरबासी जिम्मेवार कर्मचारी


सम्पर्क स्थान

वडा कार्यालयमा सोधपुछ

वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)


सम्पर्क स्थान थाहा नभएको बेला र अन्य परामर्शको लागि

विदेशी नागरिक समग्र परामर्श सहायता केन्द्र
फोन नम्बर: 0120-66-1799 (निःशुल्क)
*092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 18:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)