LastUpDate: March 18, 2022

बसोबास दर्ता / बसोबास पत्र भन्नाले

"बसोबास दर्ता” भनेको जापानमा बसोबास गरिरहेको कुरा नगरपालिकालाई जानकारी दिएर दर्ता गर्ने प्रक्रिया हो।
जापानमा 3 महिना भन्दा बढी बसोबास गर्ने विदेशी ("रेसिडेन्स कार्ड" भएको व्यक्ति)ले, बस्ने ठाउँ फेर्दा हरेक पटक, नगरपालिकाको सहरबासी शाखामा गएर, "बसोबास दर्ता" नगरि हुँदैन। "बसोबास दर्ता" गर्यो भने, नगरपालिकाले तपाईँको "बसोबास पत्र" बनाइ दिन्छ। "बसोबास पत्र"मा नाम या ठेगाना, जन्म मिति, भिसा (जापानमा बस्न पाउने योग्यता)हरू लेखेको हुने भएर आफू बस्ने ठाउँको प्रमाण देखाउँदा काम लाग्छ।

Application for Fukuoka City Residence Records (Online Application)  ⚠ English only
Click here for Fukuoka City Residence Record Online Application Manual (English) (1,080kbyte)pdf


सम्पर्क स्थान

वडा कार्यालयमा सोधपुछ

वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)


सम्पर्क स्थान थाहा नभएको बेला र अन्य परामर्शको लागि

विदेशी नागरिक समग्र परामर्श सहायता केन्द्र
फोन नम्बर: 0120-66-1799 (निःशुल्क)
*092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 18:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)