Fukuoka City
LastUpDate: March 30, 2026

समुदायसँग बस्ने

1.स्थानीय समितिले गर्ने गतिविधिहरूमा सहभागी हुने गरौँ !

"स्थानीय समिति" भनेको नजिकको स्थानीयहरूको सङ्गठन हो । 

रमाइला कार्यक्रमहरू थुप्रै आयोजना हुने गरेका छन्। सहभागी भएर त्यहाँका बासिन्दाहरूसँग चिनापर्ची गरी, विपद् आदि केही अप्ठ्यारो पर्दा एक अर्कालाई सहायता दिन सकिने सम्बन्धको विकास गरौं । 

स्थानीय समितिले त्यहाँका बासिन्दाहरूको सदस्यता शुल्क आदिले गतिविधि गर्ने गरेको हुन्छ ।

सदस्यता शुल्कलाई चाडपर्व मनाउन वा अपराध रोकथामका गतिविधि गर्न, सरसफाई गतिविधि गर्नमा प्रयोग गर्ने गरिएको छ । 

 

फुकुओका शहर स्थानीय सामुदायकि साइट 

https://fukucomi.city.fukuoka.lg.jp/en

 

 

टोल-छिमेक समितिमा सामेल हुने तरिका

सदस्यता शुल्क सुरक्षा उपकरणहरू स्थापना र मर्मत, सरसफाइ गतिविधिहरू आदि जस्ता विभिन्न गतिविधिहरूको लागि प्रयोग गरिन्छ। सदस्यता शुल्कको रकम र प्रयोग प्रत्येक स्थानीय संस्था अनुसार फरक-फरक हुन्छ।

यदि तपाईं सामेल हुन चाहनुहुन्छ भने, कृपया तलको टेलिफोन नम्बर प्रयोग गरेर आफ्नो वार्डको सामुदायिक सहयोग विभागमा सम्पर्क गरेर परामर्श गर्नुहोस्।

 

TEL:092-753-6113

 

 

2.सामुदायिक भवन भन्नाले?

फुकुओका शहरमा प्राथमिक विद्यालयको क्षेत्र पिच्छे त्यहाँका बासिन्दा भेला भएर भेटघाट गर्नका निम्ति सामुदायिक भवन रहको हुन्छ ।

स्थानीय क्षेत्रमा आयोजना हुने कार्यक्रमका साथै अन्य विभिन्न कुराहरू जान्न पाइने क्लासहरूको आयोजना हुने गर्छ।

 

 

राम्रो सम्बन्ध कायम राख्नको लागि

जापानीको शिष्टाचार

जापानी मानिसहरूले अरूको असुविधालाई महत्व दिँदै आएका छन्। यो "ओमोइयारी" भनिने भावना हो।

आफ्नो कुराकानी र संगीतको भोल्युममा ध्यान दिनुहोस् र विशेष गरी रातमा ठूलो स्वर नगरि, सानो  आवाजमा बोल्नुहोस्।

सार्वजनिक क्षेत्रहरू (जस्तै फुटपाथ) मा हुँदा, अरूलाई अवरोध नपुर्याउने।

विशेषतः राति समस्या हुन्छ!