・जापानमा 3 महिना भन्दा लामो समय बसोबास गर्ने व्यक्ति जापानी होस् वा विदेशी हरेकको लागि "माइ-नम्बर" भनिने नम्बर दिइएको हुन्छ।
・ "माइ-नम्बर” भनेको बुढोहुँदा बिरामी हुँदा पाइने पैसा लिन र सेवा लिन, राष्ट्र वा नगरपालिका आदिमा तिर्ने कर हिसाब गर्न, अनि विपद् आउँदा, उक्त व्यक्तिको जानकारी तुरुन्त थाहा पाउन चाहिने नम्बर हो।
・जापानमा पहिलो पटक "बसोबास दर्ता" गर्दा घरमा माइ-नम्बरको "व्यक्तिगत नम्बर सूचनापत्र" भएको चिठी आइपुग्नेछ। व्यक्तिगत नम्बर सूचनापत्रमा तपाईंको माइ-नम्बर लेखिएको हुन्छ।
・व्यक्तिगत नम्बर सूचनापत्र नभएमा, नगरपालिकाबाट "बसोबास पत्र" लियो भने माइ-नम्बर थाहा हुन्छ।
"व्यक्तिगत नम्बर सूचनापत्र" आएपछि, "माइ-नम्बर कार्ड" बनायो भने निम्न कामहरू गर्न सकिन्छ।
・नगरपालिका नगइकनै कन्भिनियन्स स्टोरबाट नै "बसोबास पत्र" या "इन्खान दर्ता प्रमाणपत्र” जस्ता कागजात पाउन सकिन्छ।
・जापानमा आफ्नो नाम या ठेगानाहरू प्रमाणीकरण गर्दा प्रयोग गर्न सकिन्छ।
・बसोबास पत्रमा उपनाम (जापानमा बस्दा प्रयोग गर्ने गरेको नाम) लेखेको छ भने, माइ-नम्बर कार्डमा पनि उपनाम लेखिएको हुनेहुनाले उक्त उपनाम प्रमाणित गर्नुपर्दा पनि प्रयोग गर्न सकिन्छ।
・कम्पनी या पसलमा काम गर्दा आफ्नो माइ-नम्बर प्रमाण स्वरूप देखाउन मिल्छ।
माइ-नम्बर कार्ड आवेदन दिने निम्न विधिहरू छन्।
माइ-नम्बर कार्ड तयार भएपछि, घरमा "जारी सूचनापत्र" भनिने सूचित गर्ने चिठी आइपुग्नेछ। बसोबास गरिरहेको नगरपालिका कार्यालयको सहरबासी शाखा अथवा उपशाखामा निम्न वस्तुहरू बोकेर गई माइ-नम्बर कार्ड लिने।
・"जारी सूचनापत्र” (सूचित गर्ने चिठ्ठी)
・अनुहारको फोटो सहितको "रेसिडेन्स कार्ड" वा "स्पेशल पर्मानेन्ट रेसिडेन्ट सर्टिफिकेट"
・"सूचना कार्ड” (हुने व्यक्तिले मात्र)
・आधार कार्ड ((ज्यूमिन किहोन दाइच्योउ कार्ड) हुने व्यक्तिले मात्र)
वडा कार्यालयहरूको साझा विदेशी भाषाको लागि तोकिएको डायल
फोन नम्बर: 092-753-6113
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 17:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)
विदेशी नागरिक समग्र परामर्श सहायता केन्द्र
फोन नम्बर: 0120-66-1799 (निःशुल्क)
*092-262-1799 (शुल्क लाग्ने) मा पनि सम्पर्क गर्न सकिन्छ।
उपलब्ध भाषा: अंग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली आदि
खुला समय: सोमबारदेखि शुक्रबार 9:00 देखि 18:00 सम्म (सार्वजनिक बिदाको दिन र वर्षको अन्त्य र सुरुको अवधि बाहेक)