निरन्तर सङ्क्रमण रोकथामको लागि प्रयत्न गर्नुहोस्!
※यस पटक अपडेट गरिएको भागलाई रातो अक्षरमा लेखिएको छ।
हाल नयाँ कोरोना भाइरस सङ्क्रामक रोग फैलिरहेको अवस्था हेर्ने हो भने यसपछि पनि प्रत्येकले सङ्क्रमण रोकथामका आधारभूत उपायहरू कडाइका साथ अपनाई उचित रूपमा व्यवहार गर्नु आवश्यक छ। सङ्क्रमण निरन्तर रूपमा फैलिन नदिनको लागि प्रान्तबीचको सीमा नाघ्नेगरि यात्रा नगर्न र रेस्टुरेन्टमा सङ्क्रमण रोकथामका आधारभूत उपायहरू कडाइका साथ अपनाउन आग्रह गरिएको छ।
जून 1 तारिखदेखि निम्न कुराहरूलाई ध्यान दिनुहुन अनुरोध गर्छौँ।
1.घरबाहिर निस्किने तथा यात्रा गर्नेबारे
・घरबाहिर जाँदा खोप लगाइसकेकाहरूले पनि मास्क (डिस्पोजेबल सर्जिकल मास्क सिफारिस गरिन्छ) लगाई भ्रमण गरेको स्थानमा हात-औँला कीटाणुमुक्त बनाउने र तापक्रम नाप्ने आदि गर्नुहोस्।
・तपाईंले आफ्नो गन्तव्यको संक्रमण स्थिति र प्रयोग गर्नुहुने भवन/सुविधाका संक्रमण नियन्त्रणका उपायहरू पहिल्यै सावधानीपूर्वक जाँचे पछि मात्र कदम चाल्नुहोस्|
・प्रान्तको सीमा काटेर अर्को प्रान्तमा जाने यात्रा, खासगरि सङ्कटकालमा अपनाइने उपायहरू वा सङ्क्रमण फैलावट रोकथाम तथा नियन्त्रण आदिका महत्त्वपूर्ण उपायहरू लागू गरिएका प्रान्तहरूमा सकेसम्म नजानुहोस् वा ती प्रान्तहरूबाट नआउनुहोस्।
・जिल्लाको सीमा नाघेर अन्य ठाउँमा जाँदा, "तीन अवस्थाहरू (बन्द ठाउँ, भीडभाड भएको ठाउँ र नजिकै बसेर कुराकानी गर्नुपर्ने ठाउँ)" मा नजानुहोस् र कडाइका साथ आधारभूत संक्रमण नियन्त्रण तथा रोकथामका उपायहरूको पालना गर्नुहोस्।
・विशेष गरी, यदि तपाईंलाई ज्वरो आउने जस्ता लक्षणहरू देखिएका छन् भने बाहिर ननिस्किनुहोस् र सक्रिय रूपमा परीक्षणका लागि चिकित्सा संस्थासँग परामर्श लिनुहोस्|
2.संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरूको बारेमा
【आधारभूत कुराहरू】
・खोप लगाइसकेकाहरू लगायत सबैले आधारभूत संक्रमण नियन्त्रणका उपायहरू, जस्तैः (कुल्ला गर्ने, हात धुने, सावाधानीका ३ पक्ष {हावा नपस्ने बन्द ठाउँ / भीडभाड / टाँसिएर बस्नु} देखि टाढा रहने, मास्क लगाउने, भेन्टिलेसन गर्ने), यसको पूर्ण रूपले पालन गर्न आग्रह गर्छौं|
・खोप लगाउन चाहनेहरूले नगरपालिकाले प्रबन्ध गरेको खोप केन्द्रबाट जतिसक्दो चाँडो खोप लगाउनुहोस्|
・सार्वजनिक यातायात सेवा प्रयोग गर्दा सधैँ मास्क लगाई, ठूलो स्वरमा कुराकानी नगर्नुहोस्।
・खोप लगाएपछि पनि निरन्तर मास्क लगाउने जस्ता संक्रमण रोकथाम तथा नियन्त्रणका उपायहरू अपनाउनुहोस्।
【मास्क लगाउनेबारे】
मास्क लगाउने सन्दर्भमा यस्तो आग्रह गर्छौँ।
①निम्न अवस्थाहरूमा मास्क लगाउनुहोस्।
・घरभित्र अन्य व्यक्तिहरूदेखि 2 मिटर वा सोभन्दा बढी दुरी कायम गर्न सम्भव नहुँदा
・घरभित्र अन्य व्यक्तिहरूदेखि 2 मिटर वा सोभन्दा बढी दुरी कायम गर्न सम्भव छ तर कुराकानी गर्दा
(सङ्क्रमण रोकथामको लागि पर्याप्त उपायहरू अपनाएको खण्डमा मास्क खोल्न सकिन्छ)
・घरबाहिर अन्य व्यक्तिहरूदेखि दुरी कायम गर्न नसकेको बेला कुराकानी गर्दा
・वृद्धवृद्धासँग प्रत्यक्ष भेट्दा वा अस्पतालभित्र जस्ता ठाउँमा उच्च जोखिम भएका व्यक्तिहरूसित भेटघाट गर्दा
②निम्न अवस्थाहरूमा मास्क लगाउनुपर्दैन। विशेषगरि घरबाहिर गर्मीयाममा हिटस्ट्रोक हुन नदिन मास्क खोल्न सल्लाह दिइन्छ।
・घरभित्र अन्य व्यक्तिहरूदेखि 2 मिटर वा सोभन्दा बढी दुरी कायम गर्न सम्भव छ र हतपती कुराकानी नगर्दा
・घरबाहिर अन्य व्यक्तिहरूदेखि 2 मिटर वा सोभन्दा बढी दुरी कायम गर्न सम्भव हुँदा
・घरबाहिर अन्य व्यक्तिहरूदेखि 2 मिटर वा सोभन्दा बढी दुरी कायम गर्न सम्भव नभएपनि हतपती कुराकानी नगर्दा
③बालबच्चाले मासकको प्रयोग गर्ने सन्दर्भमा निम्न कुराहरूलाई ध्यान दिनुहोस्।
・नवजात शिशु (प्राथमिक विद्यालय जानुभन्दा अगाडिको उमेरका बालबच्चा)-ले मास्कको प्रयोग गर्ने बारेमा सावधान हुनुपर्छ।
विशेषगरि 2 वर्षभन्दा कम उमेरका बालबालिकाका लागि मास्कको प्रयोग सिफारिस गरिएको छैन।
・2 वर्ष वा सोभन्दा माथि भएको प्राथमिक विद्यालय जानुभन्दा अगाडिको उमेरका बालबच्चालाई पनि अस्वस्थ महसुस भएकोले निरन्तर मास्क लगाइरहन गाह्रो भएको खण्डमा मास्क लगाउन कर गर्नुपर्दैन। लगाउने हो भने अभिभावक र वरपरका वयस्कहरूले बच्चाको स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिएर लगाइदिनुहोस्।
【खानपिनबारे】
・सङ्क्रमण रोकथाम प्रमाणीकरण प्राप्त पसलहरू * जस्ता व्यवसाय प्रकारअनुसारको कार्यढाँचा पालना गरिरहेका रेस्टुरेन्टहरू छानेर प्रयोग गर्नुहोस् अनि सङ्क्रमण रोकथामका उपायहरू पूर्ण रूपमा नअपनाएका रेस्टुरेन्टहरू प्रयोग नगर्नुहोस्।
* सङ्क्रमण रोकथाम प्रमाणीकरण प्राप्त पसल भनेको सङ्क्रमण रोकथामका उपायहरूको मापदण्डमा समावेश भएका 40 विषयहरू सबै पूरा गरेको भनी प्रमाणित भएको पसल हो, जहाँ सुनौलो रङ्गको सङ्क्रमण रोकथाम प्रमाणीकरण मार्क टाँसिएको हुन्छ।
・पूर्ण रूपमा संक्रमण नियन्त्रण तथा रोकथामका उपायहरू नअपनाइएको सडक, पार्क आदिमा सामूहिक रूपमा खानपिन गर्दा संक्रमणको जोखिम बढ्ने हुनाले, यस्ता कार्यहरू नगर्नुहोस्।
・खानपिनका व्यवसायहरू (रेस्टुरेन्ट आदि) प्रयोग गर्दा हुने संक्रमणको जोखिम कम गर्नको लागि कडाइका साथ निम्न संक्रमण नियन्त्रण तथा रोकथामका उपायहरूको पालना गर्नुहोस्।
・कुराकानी गर्दा मास्क लगाउनुहोस् र ठूलो स्वर ननिकाल्नुहोस्।
(व्यक्तिगत घरमा भोज-भतेरको क्रममा हुने भेला पनि समावेश हुन्छ)
・मदिरा सेवन समावेश भएको सामूहिक खानपिनमा खुसीले उत्तेजित भई सचेतता हराउँदै गएर चर्को स्वरमा बोल्ने गरिन्छ। त्यसैले त्यस्तो लामो समयको सामूहिक खानपिन नगर्नुहोस्।
(निजी घरमा गरिने खानपिन सहितको जमघटमा पनि यस्तै तरिका अपनाउनुहोस्।)
・एक प्रयोगकर्तालाई अर्को प्रयोगकर्ताले पेय पदार्थ थपिदिने र एउटै गिलासमा धेरैले पिउने गरेमा संक्रमणको जोखिम बढ्ने हुनाले यस्तो नगर्नुहोस्।
・सीट र टेबुल सारेपछि पनि सहभागीहरूबीच पर्याप्त शारीरिक दुरी कायम राख्नुहोस्।
・खडा भएर खानपिन गर्ने शैली अपनाइएको खण्डमा सहभागीहरूबीच पर्याप्त शारीरिक दुरी सकेसम्म 2 मिटर (कम्तीमा 1 मिटर) कायम राखी कुराकानी गर्दा मास्क लगाउनुहोस्।
・पसल भित्र पस्ने बेला शरीरको तापक्रम नाप्नुहोस् र हातका औँलाहरूको कीटाणुशोधन गर्नुहोस्।
【काराओके उपकरणको प्रयोग बारे】
・गीत गाउने बेलामा मास्क लगाएर, अन्य मानिसहरू सँगको दूरी 2 मिटर वा सो भन्दा माथि सुनिश्चित गर्नुहोस्।
・माइकलाई गीत गाउने मानिस परिवर्तन भए पिच्छे स्यानिटाइज गर्नुहोस्।
・सिट बीचको दूरी 1 मिटर वा सो भन्दा माथि सुनिश्चित गरेर, आमनेसामने गरेर बस्ने नगर्नुहोस्।
【समारोहमा भाग लिने सन्दर्भमा】
・समारोहमा संक्रमण नियन्त्रणका लागि अपनाइएका उपायहरूको अग्रिम जाँच गर्नुहोस् , पर्याप्त उपायहरू मिलाइएको छैन भने भाग नलिने निर्णय जस्ता होसियारीपूर्ण कदम चाल्नुहोस्|
・कार्यक्रम स्थलमा प्रवेश गर्दा वा निस्किंदा, आयोजकका निर्देशनहरू पालन गरी भीडभाड गर्नदेखि अलग रहनुहोस्|
・समारोहमा खानपिन गर्दा संक्रमणको जोखिम कम गर्न खानपिनका लागि छुट्टयाइएको क्षेत्र प्रयोग गर्नुहोस्|
・इभेन्ट अघि–पछिका क्रियाकलापहरूमा पनि पूर्ण रूपमा आधारभूत संक्रमण नियन्त्रण तथा रोकथामका उपायहरू अपनाई, आयोजकको आह्वान अनुसार गरी, आफ्नो घरबाट सीधै आउने र फर्किने गर्नुहोस्।
【निःशुल्क परीक्षणको कार्यान्वयनबारे】
・चाहे खोप लगाइसकेको होस् या नहोस्, जसले सङ्क्रमणको उच्च जोखिम भएको वातावरणमा भएकोले आफूलाई सङ्क्रमण भएको छ कि भनेर चिन्ता महसुस गर्नुभएको छ र आफूमा सङ्क्रमणको लक्षण छैन, त्यस्ता व्यक्तिहरूले कृपया परीक्षण गराउनुहोस्।
* फुकुओका प्रान्तको होमपेज "सङ्क्रमणको लक्षण नभएका व्यक्तिहरूको लागि निःशुल्क परीक्षण कार्यान्वयनको बारेमा" (जापानी भाषामा मात्र उपलब्ध छ)
ज्वरो आदि रूघाको लक्षण देखिएको अवस्थामा, सर्वप्रथम, नियमितरूपमा जचाइरहेको चिकित्सक आदि जस्ता घरसमुदाय नजिकका स्वास्थ्य निकायमा टेलिफोनद्वारा परामर्श गर्नुहोस् । परामर्श लिनका लागि स्वास्थ्य निकायको छनौटमा दुबिधामा परेका व्यक्ति, चिन्ता वा जिज्ञासा भएका व्यक्तिले नोभल कोरोना भाइरस संक्रामक रोग परामर्श डायल (जाँच तथा परामर्श केन्द्र) मा परामर्श लिनुहोस् ।
* विदेशी भाषामा परामर्श डायल (19 राष्ट्रको भाषामा गरिन्छ ।)
टेलिफोन नम्बरः092-687-5357 फोन लाग्ने समय:24सै घण्टा लाग्ने
* नोभल कोरोना भाइरस संक्रामक रोगसँग सम्बन्धित सूचना पालैपालो नवीकरण गरिने तल उल्लिखित फुकुओका प्रान्त फुकुओका नगर
को होमपेजमा हेर्नुहोस् ।
फुकुओका प्रान्त
https://www.pref.fukuoka.lg.jp/contents/covid19emergency-details.html
फुकुओका नगरको 'विदेशीलाई सहायता' पेज
https://www.city.fukuoka.lg.jp/shisei/gshien/index.html
फुकुओका सहरको "नोभल कोरोनाभाइरस (कोभिड 19) को कारण समस्या परेका विदेशी निवासीको परामर्श काउन्टर"
https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/COVID19gaikokujinsoudanne.html
※फुकुओका सहरमा निवासी दर्ता भएका 12 वर्ष वा सोभन्दा बढीका व्यक्तिहरू (यसमा विदेशी नागरिकहरू पनि पर्दछन्) लाई क्षेत्रीय क्लिनिक तथा प्रत्येक वडाको सामूहिक खोप केन्द्र र च्युओ फुतो क्रूज केन्द्रमा नोभल कोरोनाभाइरस (कोभिड 19) को खोप लगाउने कार्य भइरहेको छ। विस्तृत जानकारीको लागि "खोप लगाउने पृष्ठ" गई निश्चय गर्नुहोस्।
फुकुओका सहरको "खोप लगाउने" पृष्ठ
https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/COVID19vaccine_NE.html
3. खानपिनका व्यवसायहरू (रेष्टुरेन्ट आदि) को व्यापारबारे
・व्यवसाय प्रकार अनुसारको कार्यढाँचा तथा प्रमाणीकरण मापदण्ड (प्रमाणीकरण प्राप्त पसलको लागि) पालन गरी, विशेषगरि कोठा भित्र हावा राम्रोसँग आवत-जावत हुन दिनुहोस्।
・पसलबाहिर प्रयोगकर्ताले देख्ने ठाउँमा फुकुओका प्रान्तद्वारा जारी गरिएको "सङ्क्रमण रोकथाम प्रमाणीकरण मार्क" (सुनौलो रङ्ग) टाँस्नुहोस्।
・प्रमाणीकरण प्राप्त पसल बाहेक अन्य रेस्टुरेन्टहरूले फुकुओका प्रान्तले जारी गर्ने "सङ्क्रमण रोकथाम प्रमाणीकरण मार्क" प्राप्तिको लागि आवेदन गर्ने प्रयास गर्नुहोस्।
・पसलमा खानपिनको लागि लामो समय नबिताउन प्रोत्साहित गर्नुहोस्।
※काराओके सुविधाको प्रयोग गर्ने पसलबारे
・एक जना व्यक्तिले माइक्रोफोन वा रिमोट आदि प्रयोग गर्यो भने त्यसलाई कीटाणुमुक्त पारेपछि मात्र अर्को व्यक्तिले प्रयोग गर्नुहोस्। काराओके बक्स आदिको सन्दर्भमा, प्रत्येक कोठामा कीटाणुमुक्त पार्ने उपकरण राख्नुहोस्।
・प्रयोगकर्ताहरूलाई "सान-मिचु (अर्थात् हावाको आवत जावत राम्रो नहुने बन्द कोठा, बढी भीडभाड हुने ठाउँ र एकदम नजिक बसेर गरिने कुराकानी)" को अवस्थाबाट अलग पारी, पसलभित्रको हावा आवत जावत हुन दिनु जस्ता सङ्क्रमण नियन्त्रणका उपायहरू पूर्ण रूपले अपनाउनुहोस्।
・स्नाक, काराओके क्याफे आदिमा, असङ्ख्य मान्छेहरू एकै ठाउँमा भेला भएर काराओके सुविधा प्रयोग गर्ने कुरा मनमा राखी विशेष गरी कोठा भित्रको हावा आवतजावत हुन दिने र मान्छे बीचको दुरी कायम राख्ने कुरालाई कढाइका साथ अपनाउनुहोस्।
※सङ्क्रमण रोकथाम उपायहरू पूर्ण रूपले पालना गर्नेबारे
・30 मिनेटमा 1 पटक, 5 मिनेट जति 2 दिशाको झ्याल पूर्ण रूपमा खोल्ने आदि गरी रेस्टुरेन्ट आदिमा पर्याप्त हावा फेर्नुहोस्।
・हातका औँलाहरू कीटाणुशोधन गर्ने उपकरणको व्यवस्था गरी, व्यापार सञ्चालन स्थानको कीटाणुशोधन गर्नुहोस्।
・प्रयोगकर्ताहरू प्रवेश गर्ने बेला शरीरको तापक्रम नाप्ने र हातका औंलाहरूको कीटाणुशोधन गर्ने कार्यको प्रवर्द्धन गर्नुहोस्।
・ग्राहकहरूलाई कुराकानी गर्दा मास्क लगाउने कार्य र ठूलो स्वरमा कुराकानी नगर्ने कार्यको प्रवर्द्धन गर्नुहोस्।
・सिट एकअर्काको आमनेसामने हुने गरी नबस्नुहोस् र सिटको दूरी १ मिटर भन्दा बढी कायम राख्नुहोस्|
・मान्छेहरू बीचको दूरी कायम राख्न कठिन स्थिति भएमा, ड्रपलेट इन्फेक्शन रोकथाममा प्रभावकारी एक्रिलिक पाता आदिको व्यवस्था गर्नुहोस्।
・एक प्रयोगकर्तालाई अर्को प्रयोगकर्ताले पेय पदार्थ थपिदिने र एउटै गिलासमा धेरैले पिउने गरेमा संक्रमणको जोखिम बढ्ने हुनाले यस्तो नगर्नुहोस्।
・सीट र टेबुल सारेपछि पनि सहभागीहरूबीच पर्याप्त शारीरिक दुरी कायम राख्नुहोस्।
・खडा भएर खानपिन गर्ने शैली अपनाइएको खण्डमा सहभागीहरूबीच पर्याप्त शारीरिक दुरी सकेसम्म 2 मिटर (कम्तीमा 1 मिटर) कायम राखी कुराकानी गर्दा मास्क लगाउन प्रोत्साहित गर्नुहोस्।
・पसल भित्र पस्ने ढोका आदिमा खानपिन गर्ने बेला बाहेकको समयमा मास्क लगाउने र स्वास्थ्य स्थिति खराब भएको व्यक्तिलाई पस्न नदिइने कुरा लेखेर देखिने गरी राख्नुहोस्।
4. इभेन्टको आयोजना प्रतिबन्धबारे
①5,000 जनाभन्दा बढी र इभेन्ट आयोजना गरिने ठाउँ वा भवनमा अटाउने क्षमताको 50% भन्दा बढी सङ्ख्यामा उपस्थिति हुने इभेन्टहरू
इभेन्ट आयोजना गर्नको लागि एउटा पूर्व सर्त भनेको चर्को आवाज ननिकाल्नु हो।
इभेन्ट आयोजकले सङ्क्रमण रोकथाम सुरक्षा योजना बनाएर फुकुओका प्रान्तबाट पुष्टीकरण प्राप्त गर्नुपर्छस।थान।
मानिसहरूको सङ्ख्याको अधिकतम सीमा त्यो ठाउँ वा भवनमा अटाउने क्षमतासम्म हुनेछ
इभेन्ट आयोजना गरिने ठाउँ वा भवनमा अटाउने मानिसहरूको सङ्ख्याको अधिकतम दर 100% हुनेछ
②माथि उल्लेख गरिएका बाहेकका इभेन्टहरू
सङ्क्रमण रोकथाम सुरक्षा योजना नबनाएका इभेन्टहरूको सन्दर्भमा "इभेन्ट आयोजना गर्ने बेला आवश्यक पर्ने सङ्क्रमण रोकथाम उपायहरू" अपनाएको स्थितिबारे इभेन्टको वेबसाइट आदिमा सार्वजनिक रूपमा प्रकाशित गरी इभेन्ट समाप्त भएको मितिदेखि एक वर्षको लागि त्यो जानकारी राख्नुपर्नेछ।
●इभेन्ट आयोजना गरिने ठाउँ वा भवनमा अटाउने क्षमता तोकिएको खण्डमा
मानिसको सङ्ख्याको अधिकतम सीमा: 5,000 जनासम्म वा त्यस ठाउँ वा भवनमा अटाउने क्षमताको 50% भित्रमध्ये कुनै बढी सङ्ख्या हुनेछ।
साथै इभेन्ट आयोजना गरिने ठाउँ वा भवनमा अटाउने मानिसहरूको सङ्ख्याको अधिकतम दर चर्को आवाज निकालिने इभेन्टमा 50% र चर्को आवाज ननिकालिने इभेन्टमा 100% हुनेछ।
●इभेन्ट आयोजना गरिने ठाउँ वा भवनमा अटाउने क्षमता नतोकिएको खण्डमा
・चर्को आवाज निकालिने इभेन्टमा सहभागीहरूबीच पर्याप्त शारीरिक दूरी (सकेसम्म 2 मिटर, कम्तीमा 1 मिटर) कायम राख्नुहोस्। यस्तो अवस्था कायम गर्न नसकेको खण्डमा इभेन्ट आयोजना गर्ने या नगर्ने भनी होसियार भई निर्णय गर्नुहोस्।
・चर्को आवाज ननिलाकिने इभेन्टमा सहभागीहरू एकआपसमा नछुने गरी बस्न सक्ने जत्तिको दूरी छ कि छैन, सुनिश्चित गर्नुहोस्।
③इभेन्ट आयोजना गर्ने सन्दर्भमा "नयाँ जीवनशैली" र व्यवसाय प्रकार अनुसारको कार्यढाँचा पालना
गर्नुहोस्।
"सान-मिचु" (अर्थात् हावा राम्ररी आवतजावत नहुने बन्द कोठा, बढी भीडभाड हुने ठाउँ र एकदम नजिक बसेर कुराकानी गरिने) जस्ता अवस्था नहुने गरी सिट मिलाएर राख्ने, "मानिसहरू बीचको दूरी सुरक्षित गर्ने" र "मास्क लगाउने" जस्ता सङ्क्रमण रोकथामका आधारभूत उपायहरू अपनाउनुहोस्।
सहभागीहरूको सूची बनाई तिनीहरूको सम्पर्क जानकारी आदि पाइराख्नुहोस्।
सहभागीहरूलाई इभेन्ट अघि–पछिका क्रियाकलापहरूमा पूर्ण रूपमा आधारभूत संक्रमण
नियन्त्रण तथा रोकथामका उपायहरू अपनाउन र सीधै आफ्नो घरबाट आउन र फर्किन
आह्वान गर्नुहोस्।
फुकुओका शहरको नयाँ कोरोना भाइरस खोपसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिन र शहरवासी सबै जनालाई जानकारी प्रदान गर्नको लागि "फुकुओका शहर नयाँ कोरोना भाइरस खोप कल सेन्टर"-को स्थापना गर्नेछौँ।
-फुकुओका शहरको नयाँ कोरोना भाइरस खोप सम्बन्धी सोधपुछ र परामर्श
फोन नम्बर: 092-260-8405
उपलब्ध समय: 8:30~17:30 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध)
* अङ्ग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली, स्पेनिस, पोर्तुगाली भाषामा कुरा गर्न पनि सम्भव छ।
खोप टिकट हुलाकबाट पठाइएपछि कलसेन्टरमा खोप लगाउनको लागि बुकिङ लिने सक्ने गरी अहिले तयारी गरिरहेका छौँ।
-फुकुओका शहरमा नयाँ कोरोना भाइरसको खोप लगाउने बन्दोबस्तको बारेमा
https://www.city.fukuoka.lg.jp/soki/kokusai/shisei/COVID19vaccine_NE.html
Fukuoka International Exchange Foundation Website
फुकुओका नगरमा बसोबास गर्ने विदेशीहरूका लागि नोभल कोरोना भाइरससँग सम्बन्धी लिखित जानकारीको निर्माण गरिएको छ ।
सङ्क्रमण रोकथामका लागि सही जानकारी प्राप्त गरेर आफू वा आफ्ना वरिपरिका महत्वपूर्ण व्यक्तिको रक्षा हुने किसिमको व्यवहार गर्न अनुरोध गरिन्छ ।
विस्तृत जानकारीका लागि तलको चित्र हेर्नुहोस् ।
फुकुओका नगरमा बसोबास गर्ने विदेशीहरूका लागि (608kbyte)
Fukuoka International Exchange Foundation Website
To International Students
The number of cases of COVID-19 are increasing in Fukuoka City.
Recently, the virus has displayed the following transmission characteristics:
・The virus is being transmitted between students at many universities and vocational
schools.
・Transmission routes are not only limited to within school grounds and in dormitories,
but also through coming into contact with people who have the virus at parties or at part-time workplaces.
・Students with the virus often display mild symptoms or no symptoms. Therefore, they
do not realize that they have the virus but can still transmit the virus to vulnerable
people at risk of developing severe symptoms, such as the elderly or people with pre-
existing medical conditions.
Protect yourself and your loved ones by taking basic measures to prevent transmission:
・Avoid the three C’s: closed spaces, crowded places and close contact
・Practice social distancing: keep two meters from other people
・Wash your hands and face whenever you get home
・Where a mask when going out or when talking to others
In addition to the above instructions, you must be especially careful to take measures to prevent transmission when meeting friends and at your part-time workplace.
Information on Preventing COVID-19, Multilingual Hotline etc.
यदि तपाईं नागरिक स्वास्थ्य बिमामा आबद्ध हुनुहुन्छ र संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को कारण तपाईंले तोकिएका सर्तहरू पूरा गर्नुभएको छ भने तपाईंले बिमा शुल्कमा छुट पाउनुहुनेछ।
साथै, यदि तपाईं सहरको नागरिक स्वास्थ्य बिमामा आबद्ध कर्मचारी हुनुहुन्छ र तपाईं संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) बाट संक्रमित भई (अथवा ज्वरो जस्ता लक्षणहरू भई संक्रमण भएको आशंका गरिएको), कामबाट बिदा लिनुभएको छ भने, तपाईंलाई बिरामी भत्ता भुक्तानी गरिन्छ।
विस्तृत जानकारीको लागि तलको लिङ्कमा गई हेर्नुहोस्।
PDF (362kbyte)
आज, राष्ट्रिय सरकारले फुकुओका प्रान्तमा संकटकालीन परिस्थितिको घोषणा रद्द गरेको छ र फुकुओका प्रान्तले प्रान्तवासीहरूलाई बाहिर निस्कन स्वैच्छिक नियन्त्रण र व्यापार-व्यवसाय बन्द गर्न गरिएको आह्वानालाई खुकुलो बनाएको छ ।
यद्यपि, संक्रमण फेरि पनि फैलिन सक्ने जोखिम रहेकाले, यसपछि पनि अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन तथा अरू प्रान्तमा नजान फुकुओका प्रान्तबाट अनुरोध गरिएको छ ।
साथै, अधिकांश व्यवसायीहरूलाई गरिएको व्यापार-व्यवसाय बन्द गर्ने आह्वान र रेष्टुरेन्टहरूको व्यापार समय प्रतिबन्धलाई हटाइएको छ, तर संक्रमण फैलिनबाट जोगिने उपायहरू अपनाई व्यापार गर्नुपर्ने तथा क्लस्टर भेटिएका केही उद्यॊगहरूलाई भने यसपछि पनि व्यापार-व्यवसाय बन्द गर्ने अनुरोध फुकुओका प्रान्तबाट गरिएको छ ।
※सम्पूर्ण जानकारीहरू क्रमिक रूपमा अपडेट (अद्यावधिक) हुने भएकाले कृपया फुकुओका प्रान्तको होमपेज हेरी निश्चित गर्नुहोस् ।
फुकुओका प्रान्त होमपेज
फुकुओका सहरद्वारा पनि भोलि मे महिना १५ तारिखदेखि सहरवासीहरूलाई With कोरोना (कोरोना भएको वातावरणमा बाँच्ने) युगको नयाँ जीवनशैली अभ्यास गर्न आग्रह गरिएको छ ।
उदाहरणका लागि,
・यी तीन सर्तको एकैपटक मिलन हुन नदिने: झ्याल ढोका बन्द गरिएको गुम्सेको स्थान, बढी भीडभाड तथा हुलमुल हुने स्थान, दुरी कायम नगरी कुराकानी गर्ने संसर्ग अवस्था
・एक आपसमा २ मिटरको दुरी कायम राख्ने
・बाहिर गएको बेला अरूसँग कुराकानी गर्दा मास्क लगाउने
・घरमा फर्किएपछि राम्रोसँग हात र मुख धुने
आदि हुन् ।
साथै, एक नयाँ जीवनशैलीका रूपमा,
・किनमेलको लागि अनलाइन शपिंग र इलेक्ट्रोनिक भुक्तानीको प्रयोग गर्ने ।
・खानाको लागि घरमै लिएर जाने र डेलिभरी सेवाको उपभोग गर्ने, बस्दा दायाँ बायाँ गरी बस्ने आदि हुन् ।
विशेष गरी, नयाँ जीवनशैलीको मापदण्डको रूपमा भोलिदेखि सबवे (भूमिगत ट्रेन) प्रयोग गर्दा कृपया अनिवार्य रुपमा मास्क लगाउनुहोस् । “मास्क एण्ड राइड (मास्क लगाएर सवारी चढ्ने)” लाई एक जागरूक अभियानको रूपमा अगाडि बढाउन सम्पूर्ण सहरले सक्दो प्रयास गर्नेछौं ।
हामी संक्रमण विरुद्ध विभिन्न उपायहरू अपनाई, फुकुओका सहरका सार्वजनिक सुविधा र इभेन्टहरू पनि बिस्तारै पुनः सुचारु गर्नेछौं ।
फुकुओका सहरद्वारा सञ्चालित प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, विशेष विद्यालय, उच्च माध्यमिक विद्यालयका बारेमा मे महिना २१ तारिख (बिहीवार) देखि चरणवद्ध रूपमा पुनः सुचारु गरिनेछ ।
※फुकुओका सहरद्वारा जारी गरिएका जानकारीहरू क्रमिक रुपमा अपडेट (अद्यावधिक) गरिने हुनाले, तल दिइएको लिंक हेरी निश्चित गर्नुहोस् ।
फुकुओका सहर होमपेज (विदेशी समर्थनको पेज)