現在位置:福岡市ホームの中の市政全般の中の外国人支援の中の新型コロナウイルス感染症に関する外国人向けの情報からकोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट विरुद्धको खोपको बारेमा
更新日: 2023年4月28日



कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट विरुद्धको खोपको बारेमा


फुकुओका शहरले, नोभल कोरोनाभाइरस विरुद्धको खोप लगाउन चाहने सबैजनाले ढुक्क भएर खोप लगाउन सकिने गरी व्यवस्था सकून् भनेर व्यवस्था मिलाउने पहल गर्दैछ ।
※सन् 2023 अप्रिल पछिको खोपहरूका लागि सरकारले नीति लागू पछि सूचित गर्नेछौँ।

रिजर्भेसन लगायत अन्य अनलाइन प्रक्रियाहरूको लागि यहाँ क्लिक गर्नुहोस् (फुकुओका शहर खोप रिजर्भेसनको बारेमा)
विभिन्न प्रक्रियाहरूको लागि बहुभाषी म्यानुअल पृष्ठहरूको लागि यहाँ क्लिक गर्नुहोस्
फुकुओका शहर खोप सम्बन्धी शीर्ष पृष्ठको लागि यहाँ क्लिक गर्नुहोस् (फुकुओका शहरमा नोभल कोरोनाभाइरस खोपको बारेमा)

■ [सूचना]
・नगरपालिका कार्यालय पहिलो तल्लाको लबीमा बिहीबार, शुक्रबार र शनिबारमा खोप उपलब्ध आयोजित गरिएको छ (सोमबार देखि बुधबारसम्म आयोजित गरिएको छैन)।
・नगरपालिका कार्यालय स्थलमा रिजर्भेसन बिना खोप पनि आयोजित गरिएको छ (बिहीबार, शुक्रबार र शनिबारमा आयोजित गरिएको छ, खोप कुपन अनिवार्य छ)

<ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप मेनु>
・लक्षित व्यक्ति / प्रयोग गरिने खोप
・खोप लगाउने अवधि / खोप कुपन
・खोप स्थल
・खोपको लागि रिजर्भेसन






खोपको विवरण)


खोप लगाउने लक्षित व्यक्ति)

पहिलो खोप (पहिलो र दोस्रो डोज) लगाइसकेका 12 वर्ष वा सोभन्दा माथिका सबै व्यक्तिहरू

※अघिल्लो खोप लगाएको 3 महिना वा सो भन्दा बढी समय बितिसके पछि 1 पटक खोप लगाउन सकिन्छ।



खोपको लगाउने शुल्क)

निःशुल्क



प्रयोग गरिने खोप)

यो ओमिक्रोन भेरिएन्ट र पुराना भेरिएन्टहरू दुवैका लागि प्रभावकारी खोप हो।
ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप (BA.1 विरुद्धको प्रकार, BA.4-5 विरुद्दको प्रकार) प्रयोग गरिन्छ।
नगरपालिका कार्यालय स्थलमा बिहीबारमा मोडर्ना कम्पनीको खोप, शुक्रबार र शनिबारमा फाइजर कम्पनीको खोप प्रयोग गरिन्छ। स्थानीय क्लिनिकहरूले फाइजर कम्पनीको खोपहरू प्रयोग गर्छन्।

※ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप (BA.1/BA.4-5 विरुद्धको प्रकार) को जानकारी पुस्तिका  ※जापानी भाषामा मात्र
 फाइजर कम्पनी
 मोडर्ना कम्पनी
※12 वर्ष देखि 15 वर्षका बालबालिकाका अभिभावकहरूको लागि कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट विरुद्धको खोपको निर्देशन पुस्तिका ※जापानी भाषा मात्र
 फाइजर कम्पनी
 मोडर्ना कम्पनी
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको पर्चा "ओमिक्रोन भेरिएन्ट विरुद्ध डिभालेन्ट खोपको प्रकार बढेको छ" (1,037kbyte)pdf ※जापानी भाषा मात्र



खोप लगाउने अवधि / खोप कुपन)

अर्को चोटि लगाउने ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप विगतमा लगाएको खोपहरूको संख्यामा एक पटक थपिएको संख्या हुन्छ।
उदाहरण) यदि पुरानो प्रकारका खोपहरू 3 डोज लिइसक्नुभएको छ भने → ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप चौथो डोज हुनेछ।



खोप कुपन बारे)

अघिल्लो खोपको ३ महिना बितिसकेकाहरूलाई खोप कुपन पठाइनेछ।
समूह-1 वा 2 मा पर्ने व्यक्तिसँग खोपको कुपन छ भने कृपया त्यही खोप कुपन प्रयोग गर्नुहोस्।

●यदि कुपन हराउनुभएको छ भने पुनः जारी गर्न आवश्यक छ।
पुन: जारी प्रक्रियाहरूको लागि यहाँ हेर्नुहोस्

※ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप एकजनालाई एक पटक हो। उदाहरणका लागि, तेस्रो पटक ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप लगाइएकाहरूका लागि अर्को खोप छैन, त्यसैले चौथो खोपको कुपन पठाइनेछैन।
※तेस्रो खोप लगाएको 3 महिना बितिसकेका 12 वर्ष वा सो भन्दा माथि उमेरका सबैलाई चौथो खोपको कुपन पठाइएको छ त्यसैले "आधारभूत रोगहरू आदिको दर्ता" , "चिकित्सा र वृद्धाश्रम आदिका कामदारहरूको दर्ता“ र "निजी प्राथमिकता लक्षित व्यक्तिको दर्ता" आवश्यकता छैन।



खोप स्थल)

स्थानीय क्लिनिकहरू र सामूहिक स्थलहरूमा खोप लिन सक्नुहुन्छ।


स्थानीय क्लिनिक)

फुकुओका शहरमा खोप लगाउन सक्ने करिब 800 स्वास्थ्य संस्थाहरू छन्।
सूचीबाट खोप लगाइदिने क्लिनिक निश्चित गर्नुहोस्। (जापानी भाषा मात्र)
सबै शहरहरूको सूची
हिगासी वडा
हाकाता वडा
च्यूओ वडा
मिनामी वडा
ज्योनान वडा
सावारा वडा
निसी वडा

फाइजर कम्पनीको खोप प्रयोग गर्छन्।
योग गरिने खोप क्लिनिक अनुसार या त BA.1 विरुद्धको प्रकार वा BA.4-5 विरुद्धको प्रकार हुनेछ।



सामूहिक खोप स्थलको बारेमा))

नगरपालिका कार्यालय पहिलो तल्लाको लबी (च्युओ वडा, तेन्जिन 1 चोमे 8-1)मा बिहीबार, शुक्रबार र शनिबार आयोजित हुनेछ (रिजर्भेसन बिना पनि निरन्तर आयोजित गरिनेछ)।
※सोमबार देखि बुधबार सम्म आयोजित गरिएको छैन र आइतबारमा बालबालिकाको खोप आयोजित गरिनेछ।

फाइजर कम्पनी वा मोडर्ना कम्पनीको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप BA.4-5 विरुद्धको प्रकार प्रयोग गरिन्छ।
खोप कुपन र आफ्नो परिचय खुल्ने कागजात अनिवार्य रूपमा ल्याउनुहोस्।
रिजर्भेसन बिना खोप लगाउने बारे विचार गर्दा सावधानीहरू अनिवार्य रूपमा निश्चय गर्नुहोस्।


नगरपालिका कार्यालय पहिलो तल्लाको लबी (च्यूओ वडा, तेन्जिन 1 चोमे)
आयोजित गरिने बार खुल्ने समय प्रयोग गरिने खोप
बिहीबार11:00 - 18:00
・अन्तिम चेकइन 17:00
・रिजर्भेसन बिना अन्तिम चेकइन 16:00
मोडर्ना कम्पनीको BA.4-5 विरुद्धको प्रकार
शुक्रबार11:00 - 21:00
・अन्तिम चेकइन 20:00
・रिजर्भेसन बिना अन्तिम चेकइन 19:00
फाइजर कम्पनीको BA.4-5 विरुद्धको प्रकार
शनिबार11:00 - 18:00
・अन्तिम चेकइन 17:00
・रिजर्भेसन बिना अन्तिम चेकइन 16:00
फाइजर कम्पनीको BA.4-5 विरुद्धको प्रकार


 12 वर्ष देखि 15 वर्ष उमेरका व्यक्तिहरुले खोप लगाउँदा  अभिभावक (संरक्षक) साथमै हुन अनिवार्य छ। ( 16 वर्ष वा सो भन्दा माथिकालाई साथ दिन आवश्यक छैन)
* यदि अभिभावक (संरक्षक) ले साथ दिन सक्दैनन् भने परिवारको सदस्यले बच्चालाई साथ दिन सकिन्छ। त्यस अवस्थामा अख्तियारनामा आवश्यक छ।
अभिभावक बाहेक अन्य व्यक्तिले साथ दिँदाको अख्तियारनामा (311kbyte)pdf ※जापानी भाषामा मात्र 

※नगरपालिका कार्यालय पहिलो तल्लाको लबीमा शनिबार बाल रोग विशेषज्ञहरू राखिएका छन्।

※नगरपालिका कार्यालय स्थलको पार्किङको बारेमा
・त्यहाँ कुनै नि:शुल्क पार्किङ स्थल छैन त्यसैले आउँदा कृपया सार्वजनिक यातायात प्रयोग गर्नुहोस्।



रिजर्भेसन बिना खोप लगाउने बारेको सावधानीहरू))

फुकुओका नागरिकहरूको लागि रिजर्भेसन बिना खोप अयोजित गरिनेछ।
चेकइनको समय प्रत्येक बार खुल्ने समयको अन्त्य हुनुभन्दा 2 घण्टा अघिसम्म हो (प्रत्येक बारको लागि अन्तिम चेकइन समयको लागि यहाँ हेर्नुहोस्)।
रिजर्भेसन स्थितिको आधारमा पर्खनु पर्ने हुन सक्छ।

खोप कुपन र आफ्नो परिचय खुल्ने कागजातहरू अनिवार्य रूपमा लिएर आउनुहोस्। ※खोप कुपन नभएमा खोप लगाउन सकिँदैन।
※फुकुओका बाहिरको शहरमा निवासी दर्ता भएको व्यक्तिले विशेष परिस्थितिको कारण फुकुओका शहरमा खोप लिनुपर्ने भएमा निवास स्थान बाहिरको शहरमा खोप लिनको लागि पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरेपछि स्थलमा आउनुहोस्।




खोप रिजर्भेसन)

आफ्नो खोप कुपन तयार राखेर अनलाइन रिजर्भेसन साइट वा शहरको कल सेन्टर मार्फत रिजर्भेसन गर्नुहोस्।


इन्टरनेट मार्फत रिजर्भेसन)

रिजर्भेसनको लागि समर्पित साइटबाट रिजर्भेसन गर्नुहोस्।
※फुकुओका बाहिरको शहरमा निवासी दर्ता भएको व्यक्तिले परिस्थितिवश फुकुओका शहरमा खोप लिनुपर्ने भएमा निवास स्थान बाहिरको शहरमा खोप लिनको लागि पूरा गर्नुपर्ने प्रक्रिया पूरा गरेपछि शहरको कल सेन्टरमा फोन गर्नुहोस् (इन्टरनेटबाट रिजर्भेसन गर्न सकिंदैन)।


फोन मार्फत रिजर्भेसन)

फुकुओका शहर नोभल कोरोनाभाइरस खोप कल सेन्टर
फोन नम्बर: 092-260-8405
उपलब्ध समय: 8:30 - 17:30 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध छ)
※अङ्ग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली, स्पेनिस, पोर्चुगिज भाषामा पनि कुरा गर्न सकिन्छ।



निवास स्थान बाहिरको शहरमा खोप लिनको लागि पूरा गर्नुपर्ने प्रक्रिया)

फुकुओका शहर बाहिर निवासी दर्ता भएका व्यक्तिहरूले फुकुओका शहरमा ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप लिन चाहनुहुन्छ भने पहिलोदेखि चौथोसम्मको प्रक्रिया भएपनि नभएपनि निवास स्थान बाहिरको शहरमा खोप लिनको लागि पूरा गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्नेछ। यो प्रक्रिया पुरा गरेपछि जारी गरिएको निवास स्थान बाहिरको शहरमा खोप लिनको लागि दर्ता सम्पन्न भएको प्रमाण लिएर खोप लिन आउनुहोस्।
आवेदन विधि: इन्टरनेट अथवा हुलाक

【फाराम】
निवास स्थान बाहिरको शहरमा खोप लिनको लगि दर्ता  (18kbyte)doc
निवास स्थान बाहिरको शहरमा खोप लिनको लगि दर्ता  (166kbyte)pdf

【पठाउने ठेगाना】
〒810-8620 (ठेगाना आवश्यक छैन)
फुकुओका शहर नोभल कोरोना भाइरस खोप  खोप कुपन सम्बन्धी कर्मचारी ज्यू

※पहिलो देखि चौथो डोजका लागि निवास स्थान बाहिरको शहरमा खोप लिनको लगि प्रक्रिया पूरा गरी फुकुओका शहरमा खोप लिएकाहरूका लागि
जसको निवासी दर्ता फुकुओका शहर बाहिर छ तर एकल सरुवा आदिको कारण फुकुओका शहरमा अघिल्लो खोप लगाउनुभएको छ, त्यो व्यक्तिको खोप कुपन फुकुओका शहरबाट नभई निवास दर्ता रहेको स्थानीय तहबाट पठाइनेछ।



ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप Q&A)

ओमिक्रोन भेरिएन्ट विरुद्धको खोपको बारेमा अक्सर सोधिने प्रश्नहरू सङ्‌कलन गरेका छौँ।
स्रोत: स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय (अक्टोबर 12, 2022 सम्म)


Q1.ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप कति पटक लगाउनुपर्छ?)

1 पटक।
विगतको खोप इतिहास अनुसार ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप तेस्रो, चौथो वा पाँचौं हुन सक्छ तर जुन भएपनि त्यतिबेला ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप अहिलेको लागि एक पटकको मात्र हुन्छ।


Q2. BA.1 विरुद्धको खोप लगाएपछि BA.4-5 खोप लगाउनुपर्छ?)

हाल पहिलो र दोस्रो डोज पूरा गरिसकेकाहरूलाई तेस्रो डोज पछि ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप (BA.1 विरुद्धको प्रकार वा BA.4-5 विरुद्धको प्रकार) एक पटक लगाउनुपर्छ। त्यसपछिको खोपलाई राष्ट्रिय सरकारले वैज्ञानिक ज्ञान सङ्‌कलन गर्ने प्रयासमा विचार गर्नेछ।


Q3. कुन बढी प्रभावकारी छ, BA.1 विरुद्धको खोप वा BA.4-5 विरुद्धको खोप?)

हालको ज्ञानको आधारमा विशेषज्ञ अध्ययनले प्रतिरोधात्मक क्षमतालाई उत्तेजित पार्ने स्वभावलाई तुलना गर्दा पहिलाको भेरिएन्ट र हालको प्रचलित ओमिक्रोन भेरिएन्ट बीचको भिन्नताहरू तुलना गर्दा ओमिक्रोन भेरिएन्टको प्रकार (BA.1 र BA.4-5) को फरक ठूलो छैन भन्ने कुरा पत्ता लगायो।
ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप ओमिक्रोन भेरिएन्टको प्रकार (BA.1 र BA.4-5) जस्तोसुकै भए पनि ओमिक्रोन भेरिएन्ट कम्पोनेन्टहरू समावेश भएर हालको महामारीको अवस्थामा पहिलाको भेरिएन्टको प्रकारको खोपहरू भन्दा बढी प्रभावकारी हुने, ओमिक्रोन भेरिएन्ट र पहिलाको भेरिएन्ट दुई किसिमका कम्पोनेन्टहरू समावेश भएकोले भविष्यमा उत्परिवर्तन भेरिएन्टहरू विरुद्ध पनि प्रभावकारी हुने सम्भावना उच्च भएको आशा गरिएको छ।


Q4. ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप पहिलो र दोस्रो डोजको रूपमा किन लगाइँदैन?)

ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप हाल बूस्टर डोजको रूपमा क्लिनिकल परीक्षणहरू भइरहेको छ र बूस्टरको प्रयोगको लागि मात्र औषधि स्वीकृति दिइएको छ।
भविष्यमा यदि नयाँ तथ्याङ्क प्राप्त भयो भने पहिलो खोपको प्रयोग सहित औषधी स्वीकृति दिइनसक्छ तर हाल औषधी स्वीकृतिको आधारमा पहिलो खोपको रूपमा लगाइने छैन।


Q5.नोभल कोरोना भाइरस सङ्क्रमण भयो। ओमिक्रोन भेरिएन्ट विरुद्धको खोप कहिले लगाउन सकिन्छ?)

चिकित्सकीय रूपमा निको भएमा खोप लगाउन सकिन्छ। यदि तपाईं खोपको बारेमा विचार गर्दै हुनुहुन्छ भने कृपया आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।




खोप सम्बन्धी परामर्श काउन्टर)

फुकुओका शहर नोभल कोरोनाभाइरस खोप कल सेन्टर)

फुकुओका शहरको नोभल कोरोनाभाइरस खोप सम्बन्धी सोधपुछ र परामर्श
फोन नम्बर: 092-260-8405
उपलब्ध समय: 8:30 - 17:30 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध छ)
※अङ्ग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली, स्पेनिस, पोर्चुगिज भाषामा पनि कुरा गर्न सकिन्छ।


खोप कुपन र प्रमाणपत्र जारी गर्ने कार्यालय)

पहिलो, दोस्रो र तेस्रो डोजका खोप कुपन जारी, खोप रेकर्डको पुष्टिकरण, खोप प्रमाणपत्र (खोप पासपोर्ट आदि) बारे सोधपुछ
फोन नम्बर: 092-753-9455
उपलब्ध समय: 8:30 - 17:30 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध छ)
※धेरै जनाले गलत नम्बरमा फोन गरेको पाइएको छ। सही नम्बरमा फोन गरेको छ कि छैन राम्रोसँग निश्चित गर्नुहोस्।
※जापानी भाषा मात्र। विदेशी भाषाहरूमा सोधपुछको लागि कृपया माथिको फुकुओका शहर नोभल कोरोना भाइरस खोप कल सेन्टरमा सम्पर्क गर्नुहोस्।


फुकुओका प्रान्त नोभल कोरोनाभाइरस खोप समर्पित डायल)

साइड इफेक्ट आदिसँग सम्बन्धित प्राविधिक परामर्शको लागि सोधपुछ
फोन नम्बर: 0570-072972 (नाभी डायल)
उपलब्ध समय: 9:00 - 21:00 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध छ)
※विदेशी भाषामा परामर्श गर्न चाहनुहुन्छ भने अर्को काउन्टरमा सम्पर्क गर्नुहोस्।
फोन नम्बर: 092-687-4884
उपलब्ध भाषाहरू: अङ्ग्रेजी, चिनियाँ, कोरियन, थाई, भियतनामी, इन्डोनेसियन, नेपाली, बर्मेली, तागालोग, पोर्चुगिज, स्पेनिस, फ्रेन्च, जर्मन, इटालियन, रसियन, मले, ख्मेर, मंगोलियन, सिंहाली
उपलब्ध समय: 9:00 - 21:00 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध छ)


स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय नोभल कोरोनाभाइरस खोप कल सेन्टर)

कोरोना भाइरस खोप सम्बन्धी प्रशासनिक नीतिहरू कस्तो हुनुपर्ने भन्नेबारे सोधपुछ
फोन नम्बर: 0120-761770 (फ्री डायल)
उपलब्ध समय: 9:00 - 21:00 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध छ)
※अङ्ग्रेजी, चिनियाँ, कोरियन, पोर्चुगिस, स्पेनिस, थाई, भियतनामी भाषामा पनि कुरा गर्न सकिन्छ।
※थाई र भियतनामी भाषामा उपलब्ध हुने समय फरक छ।
 थाई भाषा: 9:00 - 18:00
 भियतनामी भाषा: 10:00 - 19:00


राष्ट्रिय संस्थाहरूद्वारा प्राप्त जानकारी)

राष्ट्रिय संस्थाहरूद्वारा प्राप्त जानकारीको लागि तलको लिङ्कबाट सन्दर्भको रूपमा लिनुहोस् ।
・स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय नोभल कोरोना भाइरस खोपको बारेमा (स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको होमपेज)
・प्रधानमन्त्रीको आधिकारिक निवास: नोभल कोरोनाभाइरस खोपको बारेमा (प्रधानमन्त्रीको आधिकारिक निवासको होमपेज)


कृपया सावधान रहनुहोस् (उपभोक्ता जीवनयापन केन्द्रबाट))

नोभल कोरोनाभाइरस खोप आदिलाई लिएर गरिने ठग कलहरू प्रति सावधान रहनुहोस्