फुकुओका नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप लगाउने बारेमा, इच्छुक सबै जनाले धुक्क भएर खोप लगाउन सकोस् भन्ने उदेश्यले पहल गरिरहेका छौं।
⚠ Due to the New Year Holiday period, applications for Vaccination Certificates of COVID-19 will not be processed from December 29 to January 3, 2022.
⚠ Applications submitted by Wednesday, December 22 will be posted by Tuesday December 28.
(Be aware that any missing or incorrect information will delay your application, and we may not be able to post your certificate by December 28.)
⚠ Applications received from Thursday, December 23 will be posted on or after Tuesday, January 4, 2022.
<पृष्ठमा भएको मेन्यू>
・खोप लगाउने प्रक्रिया
・खोप केन्द्रहरू
・खोपको लागि बुकिङ्ग
・खोप कुपन ( पठाइने・पुन:जारी गरिने आदि )
・खोप Q&A
・परामर्श काउन्टर
・खोपको प्रकार
・सरकारी निकाय आदि बाट जारी सूचना तथा जानकारी
कोरोना भाइरस विरुद्धको खोप लगाउने बारेको सूचना (958kbyte)
१. नगरपालिकाले पठाएको सूचना (खोप कुपन सहित) प्राप्त गर्ने
२.पहिल्यै गरिने बुकिङ्ग(बुकिङ्ग साइटबाट गरिने बुकिङ्ग) ※ बुकिङ्गको साइटको प्रयोग गर्न गाह्रो भएको खण्डमा कल सेन्टरमा फोनमार्फत बुकिङ्ग गर्नुहोस् l
३. खोप केन्द्रमा गएर, खोप लगाउने (दुई पटक)
फुकुओका शहरले नयाँ कोरोना भाइरस खोप लगाउनको लागि आवश्यक हुने टिकट र प्रारम्भिक जाँच पत्र पठाउनेछ।
त्यो प्राप्त गरेपछि त्यसलाई सुरक्षित राख्नुहोस् र आफ्नो खोप लगाउने समयसम्म पर्खनुहोस्।
खोप लगाउन मिल्ने समय आयो भने अग्रिम बुकिङ गरेपछि खोप लगाउने स्थानमा गएर नयाँ कोरोना भाइरस खोप लगाउनुहोस्।
फुकुओका शहरामा निवासी दर्ता भएको 12 बर्ष वा सोभन्दा माथिका व्यक्तिहरू (विदेशी नागरिकहरू समेत)
* फुकुओका शहरमा निवासी दर्ता नभएतापनि फुकुओका शहरको अस्पताल वा अन्य सुविधा केन्द्रमा लामो समयदेखि भर्ना भइरहेकाहरू र अन्तर्निहित रोग भएका व्यक्तिहरूले फुकुओका शहर भित्र हुनुहुने इन्चार्ज डाक्टरबाट खोप लिने हो भने, फुकुओका शहरमा नयाँ कोरोना भइरस खोप लिन सक्नुहुन्छ।
【10 वर्षदेखि 29 वर्षसम्मका पुरुषहरूको लागि】स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले तयार पारेको सामग्रीको लागि यहाँ हेर्नुहोस् (जापानी भाषामा मात्र उपलब्ध)
अक्टोबर 15 तारिख (शुक्रबार), 10 वर्षदेखि 29 वर्षसम्मका पुरुषहरूलाई ताकेदा/मोडेर्ना खोप लगाउने सन्दर्भमा स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले एउटा रिपोर्ट पठाएको छ। त्यस रिपोर्टमा ताकेदा/मोडेर्ना खोप लगाएको व्यक्तिमा नयाँ कोरोना भाइरस सङ्क्रमण भएको बिरामीमाभन्दा मायोकार्डिटिस (मुटुको मांसपेशी सुन्निने रोग) जस्ता रोगहरूको लक्षण कम देखिएको छ, तर ताकेदा/मोडेर्ना खोप लगाएकाहरूमा फाइजर खोप लगाएकाहरूमाभन्दा बढी देखिएको छ भनेर बताइएको छ। त्यसैले 10 वर्षदेखि 29 वर्षसम्मको पुरुषलाई मात्र लागू हुनेगरि पहिलो खोपमा मोडेर्ना खोप लगाएको व्यक्तिले दोस्रो खोपमा फाइजर खोप लगाउन सक्छन् भनेर स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयद्वारा निर्धारण गरियो।
यस निर्णयको आधारमा जसले हाल अक्टोबर 15 तारिखसम्ममा ताकेदा/मोडेर्ना खोपको बुकिङ्ग गरिसक्नुभएको छ तीमध्ये बुकिङ गरेको खोपको प्रकार फाइजर खोपमा परिवर्तन गर्न चाहनेहरूले आफ्नो बुकिङ्ग परिवर्तन गर्न आवेदन दिन सक्नुहुन्छ। फुकुओका शहरको खोप बुकिङ्गको लागि समर्पित वेबसाइटमा आफ्नो मोडेर्ना खोप बुकिङ्ग रद्द गर्नुहोस्, त्यसपछि फाइजर खोपको खोप केन्द्रमा फेरि बुकिङ्ग गर्नुहोस्। अथवा फुकुओका शहरको नयाँ कोरोना भाइरस खोप कल सेन्टरमा फोन गर्नुहोस्।
यस सन्दर्भमा पहिलो खोपको लागि मोडेर्ना खोप लगाइसकेको व्यक्तिले दोस्रो खोपको लागि फाइजर खोप लगाउन चाहेमा त्यो दोस्रो खोपको बुकिङ्ग उक्त वेबसाइटमार्फत गर्न मिल्दैन। फुकुओका शहरको कल सेन्टरमा फोन गर्नुहोस् (जसले दोस्रो खोपको लागि मोडेर्ना खोपको बुकिङ्ग गरिसक्नुभएको छ तर फाइजर खोपमा परिवर्तन गर्न चाहनुहुन्छ त्यस्ता व्यक्तिको लागि फुकुओका शहरको कल सेन्टरले आवश्यक सेवा उपलब्ध गराउनेछ)।
【फुकुओका शहरको नयाँ कोरोना भाइरस खोप कल सेन्टर】 092-260-8405 (8:30~17:30)
※खोप लगाएको 4 दिन जतिभित्र छाती दुख्ने, मुटुको धड्कन बढ्ने, श्वास-प्रश्वासमा कठिनाइ आउने, सुन्निने जस्ता लक्षणहरू देखियो भने तुरुन्तै स्वास्थ्य संस्थामा गएर परामर्श गरी खोप लगाएको कुरा बताउनुहोस्। मायोकार्डिटिस वा पेरिकार्डाइटिस (मुटु वरिपरिको झिल्ली सुन्निने रोग) भन्ने पत्ता लागेको खण्डमा सामान्यतया अस्पतालमा भर्ना हुनुपर्छ तर प्रायजसो अवस्थामा बेडरेस्ट गरेपछि आफै निको हुँदै जान्छ।
【स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोना भाइरस खोप कल सेन्टर】 0120-761770 (फ्री डायल)
निःशुल्क
स्थानीय खोप लगाउन मिल्ने क्लिनिकको साथै, सामूहिक खोप केन्द्र पनि स्थापन गरिने छ।
क्लिनिकमा व्यक्तिगत रूपमा खोप लगाउने प्रबन्ध अक्टोबर 3 तारिखसम्म गरिएपछि केही समयको लागि बन्द गरिनेछ (यद्यपि 12~15 वर्षको लागि खोप लगाउने कार्य जारी राखिनेछ)।
फुकुओका शहर भित्र 850 क्लिनिकमा खोप लगाउन सकिन्छ। (हाल सेप्टेम्बर 28 तारिख)
(नगरपालिका भित्रको सम्पूर्ण लिष्ट / हिगासी-कु / हाकाता-कु / च्यूओउ-कु / मिनामी-कु / ज्योउनान-कु / सावारा-कु / निसी-कु)
* फुकुओका नगरपालिका कोरोना भाइरस विरुद्धको खोप कल सेन्टरबाट पनि, घर नजिकको क्लिनिक आदिको बारेमा जानकारी दिइने छ।
* नियमित रूपमा क्लिनिकमा आउने बिरामीलाई मात्र खोप दिने जस्ता कारणबाट, लिष्टमा उल्लेख नभएको क्लिनिक पनि छ।
अनि, लिष्टमा भएको क्लिनिकमा पनि, आफ्नो क्लिनिकमा नियमित रुपमा आउने बिरामीलाई मात्र खोप लगाउने पनि हुन सक्छ।
【सूचना】
・नोभेम्बरदेखि केन्द्रीय व्यायामशाला (फाइजर खोप) र KITTE हाकाता (ताकेदा/मोडेर्ना खोप) मा खोप लगाइनेछ।
・Chuo Wharf Cruise Center मा दिइने गरिएको खोप अगष्ट 28 तारिखमा समाप्त भइसकेको छ।
・निम्न स्थलको खोप अगष्ट 31 तारिखमा समाप्त भइसकेको छ।
नामिकी स्कवेयर, साजान्पिआ हाकाता, मिनामी व्यायामशाला, जोउनान व्यायामशाला, मोमोची व्यायामशाला र साइतोपिआमा खोप लगाउने कार्य, साथै फुकुओका शहरवासी अस्पतालमा मध्यरातको समयमा खोप लगाउने कार्य
KITTE हाकाता 8 तल्ला (हाकाता-कु हाकाताएकी च्युउओउगाइ 9-1)
【खोप लगाउने अवधि】
अक्टोबर 1 तारिख (शुक्रबार) ~नोभेम्बर 25 तारिख (बिहीबार)
・सोमबार - शुक्रबार: 16:00~21:00 (अन्तिम रिसेप्सन 20:00)
・शनिबार, आइतबार: 11:00~18:00 (अन्तिम रिसेप्सन 17:00)
【ध्यान दिनुपर्ने कुराहरू】
・फुकुओका शहरमा निवासी दर्ता भएको व्यक्तिले मात्र लगाउन सक्नेछन्।
・अनिवार्य रूपमा बुकिङ्ग आवश्यक छ। बुकिङ्ग साइटमा वा फुकुओका शहरको कल सेन्टरलाई सम्पर्क गरी बुकिङ्ग गरेर आउनुहोस्।
・प्रयोग गरिने खोप मोडेर्ना खोप हुनेछ।
・खोप केन्द्रमा बुकिङ्ग गरेको समयसम्म तपाईँको रिसेप्सन गरिनेछैन, त्यसैले बुकिङ्ग गरेको समयमै आउनुहोस्।
・खोप केन्द्र (KITTE हाकाता 8 तल्ला) मा आउन केन्द्रीय एस्कालेटर प्रयोग गर्नुहोस्।
प्रत्येक वडाको सामूहिक खोप केन्द्र
वडा (कु) | स्थापना स्थान | ठेगाना | खुल्ने समय |
---|---|---|---|
हिगासी-कु | नामिकी स्क्वायर | हिगासी-कु चिहाया ४ च्योउमे २१-४५ | 11:00 ~ 17:00 बजे सम्म |
हाकाता-कु | साजान-पिआ हाकाता | हाकाता-कु मिनामी होन-माची २ च्योउमे ३-१ | 11:00 ~ 17:00 बजे सम्म |
च्यूओउ-कु | च्यूओउ ताइकुखान | च्यूओउ-कु आखासाका २ च्योउमे ५-५ | 11:00 ~ 22:00 बजे सम्म |
मिनामी-कु | मिनामी ताइकुखान | मिनामी-कु सिओबारु २ च्योउमे ८-१ | 11:00 ~ 17:00 बजे सम्म |
ज्योउनान-कु | ज्योउनान ताइकुखान | ज्योउनान-कु बेफु ६ च्योउमे १४-२२ | 11:00 ~ 17:00 बजे सम्म |
सावारा-कु | मोमोची ताइकुखान | सावारा-कु मोमोची २ च्योउमे ३-१५ | 11:00 ~ 17:00 बजे सम्म |
निसी-कु | साइतो-पिआ | निसी-कु साइतो २ स्योउमे १-१ | 11:00 ~ 17:00 बजे सम्म |
* पार्किंग सिमित भएकोले आउने बेलामा सार्वजनिक यातायातको प्रयोग गर्नुहोस् l
* सामूहिक खोप केन्द्र शनिवार, आइतवार, सार्वजनिक बिदाको दिन पनि खुल्ला हुने छ।
* तपाई बसोबास गर्ने वडा बाहेक अन्य खोप केन्द्रमा पनि खोप लिन सकिन्छ।
२०२१ साल अप्रिल २७ तारिख (मंगलवार) का दिन, ६५ वर्ष वा सो भन्दा माथिको व्यक्तिलाई खोप कुपन पठाइ सकेको छ।
* खोप कुपन, २०२१ साल मार्च १८ तारिख (बुधवार) सम्मको जानकारीको आधारमा, निवास दर्ता प्रमाणपत्रमा उल्लेखित ठेगानामा हुलाकबाट पठाउने कार्य भइरहेको छ।
२०२२ साल अप्रिल १ तारिख सम्ममा ६५ वर्ष वा सो भन्दा माथिको उमेर पुग्ने व्यक्ति भई, २०२१ साल मे ११ तारिख भन्दा पहिला नै बसाई-सराई गरेर आएको व्यहोरा दर्ता गराइ सकेका व्यक्तिलाई पनि, पठाइ सकेको छ।
सन् 2021 जून 30 तारिख (बुधवार) मा 64 वर्षका वा सोभन्दा कम उमेरका व्यक्तिलाई खोप कुपन पठाइएको छ ।
* खोप कुपन, २०२१ साल अप्रिल ५ तारिख (सोमवार) सम्मको जानकारीको आधारमा, निवास दर्ता प्रमाणपत्र (ज्यूमिनह्यो) मा उल्लेखित ठेगानामा पठाउने कार्य भइरहेको छ।
६४ वर्ष भन्दा वा सो भन्दा कम उमेरका व्यक्ति भई, २०२१ साल जुलाई १० तारिख भन्दा पहिला नै बसाई-सराई गरेर आएको व्यहोरा दर्ता गराइ सकेका व्यक्तिहरूलाई, क्रमिक रूपमा पठाउने योजना छ।
⚠ Due to the New Year Holiday period, applications for Vaccination Certificates of COVID-19 will not be processed from December 29 to January 3, 2022.
⚠ Applications submitted by Wednesday, December 22 will be posted by Tuesday December 28.
(Be aware that any missing or incorrect information will delay your application, and we may not be able to post your certificate by December 28.)
⚠ Applications received from Thursday, December 23 will be posted on or after Tuesday, January 4, 2022.
हराएको / नष्ट भएको आदि कारणबाट खोप कुपन पुनःजारी, बसाई सरेर आएको कारणबाट कुपन जारी गराउन निवेदन दिने
निवेदन दिने तरिका : इन्टरनेट, फोन, हुलाकबाट
・कोरोना भ्याक्सिन (खोप) लगाउने टिकट जारी आवेदन (अन्य ठाउँबाट फुकुओका सहरमा बसाइसराइ गरेको व्यक्तिको लागि) एप्लिकेशन चलाउने विधिको म्यानुअल (419kbyte)
・कोरोना भ्याक्सिन (खोप) लगाउने टिकट जारी आवेदन (पुनः जारीको लागि) एप्लिकेशन चलाउने विधिको म्यानुअल (371kbyte)
* अहिले अवेदन गर्न सक्ने व्यक्तिहरु चाहिं सन् 2022 अप्रिल 1 तारिख सम्ममा 65 वर्षका वा सोभन्दा बढी उमेरमा पुग्ने व्यक्तिहरु(सन् 1957 अप्रिल 1 तारिख भन्दा अघिका जन्म दिन भएकाहरु ) तथा 12 वर्षका उमेरमा पुगिसकेका व्यक्तिहरुमध्ये निवासी दर्ता गरिएका ठाउँ बाहेकको ठेगानामा खोप कुपन पठाइन चाहेकाहरु हुन् l
* नगरपालिका भित्र बसाई सराई गरेको अवस्थामा, पुरानो ठेगाना उल्लेख भएको खोप कुपन त्यति कै प्रयोग गर्न सकिन्छ।
खोप लिने बेलामा, बसाई-सराई गर्नु भन्दा पहिलाको ठेगाना पुस्ट्याउने तपाईको परिचय खुल्ने कागजात लिएर आउनुहोस्।
अनि, नयाँ ठेगाना उल्लेख भएको खोप कुपन जारी गराउने इच्छा भएको अवस्थामा, माथि उल्लेखित निवेदन तरिका अनुसार पुनःजारीको लागि निवेदन दिनुहोस्।
* निवास दर्ता प्रमाणपत्र (ज्यूमिनह्यो) मा दर्ता भएको ठेगाना बाहेक अन्य ठेगानामा पठाउने इच्छा भएको व्यक्ति, अनि निवास दर्ता प्रमाणपत्र (ज्यूमिनह्यो) / परिवार पंजिकरण (कोसेकी) मा दर्ता नभएका व्यक्तिले इन्टरनेट / फोनबाट निवेदन दिन मिल्दैन।
खोप कुपन पुनः जारी निवेदन फाराम र आफ्नो परिचय खुल्ने कागजातको फोटोकपी साथमा राखि, हुलाकबाट निवेदन दिनुहोस्।
वयस्क मानसिक रोगी (सेइनेन हिकोउ केननिन) को खोप कुपनको बारेमा, वयस्क मानसिक रोगीको नाममा कुपन लिन चाहेको अवस्थामा, बसोबास गरिरहेको ठाउँ प्रमाणित गर्ने कागजात साथमा राखेर, सेइनेन हिकोउ केननिन प्रणाली अनुसारको दर्ता प्रमाणपत्र (फोटोकपी) पेश गर्ने वा निर्णयको प्रतिलिपि (सिनपानस्यो तोहोन) (फोटोकपी) पेश गर्नु आवश्यक छ।
फुकुओका नगरपालिका बाहिर ठेगाना दर्ता भएका व्यक्तिले बाध्यताबस, फुकुओका नगरपालिका भित्र खोप लिनको लागि निवेदन दिने।
निवेदन दिने तरिकाः इन्टरनेट, हुलाक
खोप लिन जाने बेलामा, निवेदन प्राप्त भए पश्चात जारी हुने, ठेगाना भएको स्थान भन्दा फरक ठाउँमा खोप लिनको लागि निवेदन पेश गरेको प्रमाणपत्र साथमा लिएर जानु आवश्यक छ।
・ठेगाना दर्ता ठाउँ बाहेकको स्थानमा कोरोना भ्याक्सिन (खोप) लगाउनको लागि दिने आवेदन एप्लिकेशन चलाउने विधिको म्यानुअल (391kbyte)
इन्टरनेटमा विभिन्न किसिमको निवेदन प्रक्रिया पृष्ठ
https://www.city.fukuoka.lg.jp/hofuku/coronavaccine/health/yoyaku.html
* निवेदन प्रक्रिया पृष्ठ जापानीज भाषामा मात्र उपलब्ध छ
फुकुओका नगरपालिका कोरोना भाइरस विरुद्धको खोप कल सेन्टर
फोन नम्बर ०९२-२६०-८४०५
खुल्ने समय: 8:30 बजे देखि 17:30 बजे सम्म ( शनिवार, आइतवार, सार्वजनिक बिदाको दिन पनि खुल्ला हुने)
* अंग्रेजी भाषा, चाइनीज भाषा, कोरियन भाषा, भियतनाम भाषा, नेपाली भाषा, स्पानिस भाषा, पोर्टुगल भाषामा पनि कुराकानी गर्न सम्भव छ।
* कल सेन्टरमा फोन गर्दा् खेरी, गलत फोन नम्बरमा डायल हुने घटना घटिरहेको छ।
फोन नम्बर राम्रोसँग हेरेर, गल्ति नहुने गरी फोन गर्नुहोस्।
・खोप कुपन पुनःजारी निवेदन फाराम तथा पत्र पठाउने ठेगाना परिवर्तन निवेदन फाराम
・खोप कुपन पुनःजारी निवेदन फाराम तथा पत्र पठाउने ठेगाना परिवर्तन निवेदन फाराम (भर्ने तरिका)
・ ठेगाना स्थान भन्दा फरक ठाउँमा खोप लिने निवेदन
812-0011
फुकुओका-सी, हाकाता-कु हाकाता-एकिमाए १-३-३ मेइजी यासुदा वातानाबे बिल्डिङ्ग
फुकुओका नगरपालिका कोरोना भाइरस विरुद्धको खोप कार्यालय ज्यू
* व्यक्तिगत विवरणको सुरक्षा तथा कोरोना भाइरस संक्रमणबाट सुरक्षित हुनको लागि, काउन्टर स्थापना गरेको छैन।
खोप लिनको लागि, अग्रिम रूपमा बुकिङ्ग गर्नु आवश्यक छ।
बुकिङ्ग गर्नको लागि, खोप कुपन अनिवार्य छ। बुकिङ्ग खुल्ला हुने मिति सम्म सुरक्षितका साथ राख्नुहोस्।
・स्थानीय क्लिनिकमा संचालन हुने व्यक्तिगत खोप, २०२१ साल मे २४ तारिख (सोमवार) बाट सुरु हुन्छ।
※क्लिनिकमा व्यक्तिगत रूपमा खोप लगाउने प्रबन्ध अक्टोबर 3 तारिखसम्म गरिएपछि केही समयको लागि बन्द गरिनेछ (यद्यपि 12~15 वर्षको लागि खोप लगाउने कार्य जारी राखिनेछ)।
・प्रत्येक वडामा स्थापना गरिने सामूहिक खोप केन्द्रमा खोप लगाउने कार्य, जून २२ तारिखबाट क्रमिक रूपमा सुरु गरिने छ।
・च्यूओउ हतोउ क्रूज सेन्टरमा सामूहिक रुपमा लगाइने खोप चाहिं सन् 2021 जुलाइ 5 तारिख (सोमबार ) बाट सुरु भएको छ I
・फुकुओका शहरवासी अस्पतालमा कार्यान्वयन गरिने मध्यरातको समयमा खोप लगाउने कार्य 2021 साल जुलाई 20 तारिख (मंगलबार) देखि सुरु भयो।
बुकिङ्ग साइटबाट इन्टरनेटमा बुकिङ्ग गरेर सहयोग गर्नुहोस् l
इन्टरनेटको प्रयोग गर्न गाह्रो भएको खण्डमा कल सेन्टरमा फोनमार्फत बुकिङ्ग गर्न सकिन्छ l पहिलेदेखिको रोग भएका व्यक्तिहरु आदिले आवश्यकताअनुसार उपचार गरिरहेको डाक्टरसँग परामर्श लिएपछि बुकिङ्ग गर्नुहोस् ।
नगरपालिका कार्यालय र वडा कार्यालयमा बुकिङ्ग काउन्टरको व्यवस्था नभएकोले, कार्यालयमा आएता पनि बुकिङ्ग गर्न सकिँदैन।
बुकिङ्गका साथै, इन्टरनेटमा विभिन्न किसिमको निवेदन प्रक्रिया चाल्न सकिन्छ।
इन्टरनेट बुकिङ्ग निर्देशिकाको सहयोग लिएर, बुकिङ्ग गर्नुहोस्। (811kbyte)
* फुकुओका नगरपालिका बाहिर बसोबास गर्ने व्यक्तिले बाध्यताबस, फुकुओका नगरपालिका भित्र खोप लिनु पर्ने अवस्थामा, इन्टरनेटबाट बुकिङ्ग गर्न मिल्दैन
फुकुओका नगरपालिका कोरोना भाइरस विरुद्धको खोप कल सेन्टर
फोन नम्बर 092-260-8405
खुल्ने समय: 8:30 बजे देखि 17:30 बजे सम्म ( शनिवार, आइतवार, सार्वजनिक बिदाको दिन पनि खुल्ला हुने)
* अंग्रेजी भाषा, चाइनीज भाषा, कोरियन भाषा, भियतनाम भाषा, नेपाली भाषा, स्पानिस भाषा, पोर्टुगल भाषामा पनि कुराकानी गर्न सम्भव छ।
* कल सेन्टरमा फोन गर्दा् खेरी, गलत फोन नम्बरमा डायल हुने घटना घटिरहेको छ।
फोन नम्बर राम्रोसँग हेरेर, गल्ति नहुने गरी फोन गर्नुहोस्।
पहिलदेखिको रोग भएका व्यक्तिहरु उपचार गरिरहेका डाक्टरसँग परामर्श लिएपछि बुकिंङ्ग गरेको खण्डमा मात्र हुनेछ l
अहिले घरेलुमा 2 प्रकारका नयाँ कोरोनाका खोपहरु प्रयोग गरिएको छ ।
फाइजर | ताकेदा / मोदेर्ना | |
---|---|---|
प्रकार | मेसेन्जरRNA(mRNA) खोप | मेसेन्जरRNA(mRNA) खोप |
देखा परेका लक्षण प्रतिरोधको प्रभावकारीता प्रभावकारीताको प्रतिशत |
लगभग 95 % | लगभग 94 % |
पहिलो खोप लगाएपछिदोस्रो खोप नलगाउन्जेलको अन्तर | 3 हप्ता पहिलो खोप लगाएपछि 3 हप्ता भइसकेको खण्डमा सकेसम्म छिटो दोस्रो पटकको खोप लगाउनुहोस् । | 4 हप्ता पहिलो खोप लगाएपछि 4 हाप्ता बितिसकेको खण्डमा सकेसम्म छिटो दोस्रो पटकको खोप लगाउनुहोस् । |
एनाफिलाक्सिस देखा पर्ने आवृत्ति (10 लाख जति पटकमा) |
4.7केस | 2.5केस |
खोप लगाउने व्यक्तिहरु | खोप लगाउने बेलामा 12 वर्षका वा सोभन्दा बढी उमेरका व्यक्तिहरु | खोप लगाउने बेलमा 12 वर्षका वा सोभन्दा बढी उमेरका व्यक्तिहरु |
अहिले जापानमा लगाउन स्वीकार्य नयाँ कोरोनाका खोपहरु चाहिं खोप लगाएपछि सुई लगाएको भाग दुख्ने,थकान महसुस गर्ने ,टाउको दुख्ने,मांसपेशी वा जोर्नी दुख्ने,ज्वरो आउने जस्ता लक्षण देखा परेका छन् । यस्ता लक्षणहरुमध्ये धेरैजसो चाहिं खोप लगाएको केही दिनभित्र निको भएका छन् । खोप लगाएपछिको स्वास्थ्य अवस्थाको सर्वेक्षण परिणामहरू चाहिं यहाँ (स्वास्थ्य तथा श्रम कल्याण मन्त्रालयको होम पेजमा) पोस्ट गरिएको छ l
देखा पर्ने प्रतिशत | फाइजर | ताकेदा / मोदेर्ना |
---|---|---|
50% वा सोभन्दा बढि | खोप लगाएको भाग दुख्ने , थकान महसुस गर्ने ,टाउको दुख्ने | खोप लगाएको भाग दुख्ने थकान महसुस गर्ने,टाउको दुख्ने,मांसपेशी दुख्ने |
10~50% | मांसपेशी दुख्ने,जाडो महसुस गर्ने,जोर्नी दुख्ने, पखाला लाग्ने,ज्वरो आउने,खोप लगाएको भाग फुल्ने | मांसपेशी दुख्ने,जाडो महसुस हुने,वाकवाक लाग्ने ・बान्ता हुने, लिम्फैडेनाइटिस ,ज्वरो आउने, खोप लगाएको भाग फुल्ने,छाला रातो हुने・रातो दाग हुने |
1~10% | वाकवाक लाग्ने,बान्ता हुने | खोप लगाएको सात दिन पछि खोप लगाएको भाग दुख्ने, बिमिरा हुने |
अनि थोरै केसमा एनाफिलाक्सिस (तीव्र एलर्जी प्रतिक्रिया ) देखा परेको कुरा रिपोर्ट गरिएको छ l एनाफिलाक्सिसको रिपोर्ट,अवस्था आदिका कुराहरुबारे स्वास्थ्य तथा श्रम कल्याण मन्त्रालयको होम पेजमा पोस्ट गरिएको छ l यदि एनाफिलाक्सिस देखा परेको भए खोप लगाउने स्थान वा चिकित्सा केन्द्रमा तुरुन्तै उपचार गरिनेछ l
खोप लगाउन पाउने व्यक्ति र खोप लगाउने तरिका, फाइदा र साइड इफेक्टहरू, खोप लगाएपछिको जीवन आदि खोप सम्बन्धी Q&A को लागि निम्न पृष्ठ हेर्नुहोस्। स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको Q&A मा, प्रायः सोधिने प्रश्नहरूका साथै विशेषज्ञहरूले खण्डको रूपमा नयाँ कोरोना भाइरस खोपको बारेमा विभिन्न प्रश्नहरूको उत्तर दिएका छन्।
※जापानी भाषामा मात्र उपलब्ध
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय नयाँ कोरोना भाइरस खोप Q&A
फुकुओका शहर प्रायः सोधिने प्रश्नहरू <नयाँ कोरोना भाइरस खोप लगाउने बारे>
फुकुओका शहरको नयाँ कोरोना भाइरस खोप सम्बन्धी सोधपुछ र परामर्श
फोन नम्बर: 092-260-8405
उपलब्ध समय: 8:30~17:30 (शनिबार, आइतबार र सार्वजनिक बिदाको दिनमा पनि उपलब्ध)
* अङ्ग्रेजी, चिनियाँ, कोरियन, भियतनामी, नेपाली, स्पेनिस, पोर्तुगाली भाषामा कुरा गर्न पनि सम्भव छ।
खोप टिकट हुलाकबाट पठाइएपछि कलसेन्टरमा खोप लगाउनको लागि बुकिङ लिने सक्ने गरी अहिले तयारी गरिरहेका छौँ।
प्रश्न-उत्तरको रूपमा राखिएको छ।
* जापानीज भाषामा मात्र उपलब्ध छ
साइड इफेक्ट आदि सँग सम्बन्धित विशेषज्ञको परामर्शको लागि सोधपुछ
फोन नम्बरः 092-687-4884
सेवा उपलब्ध भाषाः अंग्रेजी भाषा, चाइनीज भाषा, कोरियन भाषा, थाई भाषा, भियतनाम भाषा, इन्डोनेसिया भाषा, नेपाली भाषा, म्यान्मा भाषा, तागालग भाषा, पोर्टुगल भाषा, स्पानिस भाषा, फ्रेन्च भाषा, जर्मन भाषा, इटालीयन भाषा, रसियन भाषा, मलेसिया भाषा, खमेर भाषा, मंगोलियन भाषा, सिंहाली भाषा
खुल्ने समय: 24 सै घण्टा ( शनिवार, आइतवार, सार्वजनिक बिदाको दिन पनि खुल्ला हुने)
कोरोना भाइरस विरुद्धको खोप योजना तथा संचालन नीति आदि सँग सम्बन्धित सोधपुछ
फोन नम्बरः 0120-761770 (टोल फ्री)
खुल्ने समय : 9:00 ~ 21:00 (शनिवार, आइतवार, सार्वजनिक बिदाको दिन पनि खुल्ला हुने)
* अंग्रेजी भाषा, चाइनीज भाषा, कोरियन भाषा, पोर्टुगल भाषा, स्पानिस भाषा, थाई भाषा, भियतनाम भाषामा पनि कुराकानी गर्न सकिन्छ।
* थाई भाषा तथा भियतनाम भाषाको सम्बन्धमा, खुल्ने समय फरक छ।
थाई भाषा 9:00 ~ 18:00
भियतनाम भाषाः 10:00 ~ 19:00
राष्ट्रीय संस्थाले सार्वजनिक गरेको जानकारीको लागि तलको लिङ्कमा थिचेर हेर्नुहोस्।
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय: नयाँ कोरोना भाइरस खोपको बारेमा (बाह्य लिङ्क)
प्रधानमन्त्री आधिकारिक निवास: नयाँ कोरोना भाइरस खोपको बारेमा (बाह्य लिङ्क)
नगरपालिका र गाउँपालिकाले खोप लगाउनको लागि फोनबाट पैसा वा व्यक्तिगत जानकारी माग्दैन। यस्तो माग स्वीकार नगर्न सावधान हुनुहोस्। यस्तो किसिमको फोन आएमा तुरुन्तै फोन राख्नुहोस्। समस्या परेको बेलामा एक्लै चिन्ता नगरी आफू बस्ने क्षेत्रको उपभोक्ता केन्द्रमा सल्लाह गर्नुहोस्।
【उत्पादन वा सेवाको सम्झौतामा समस्या परेको बेलाको लागि परामर्श काउन्टर】
फुकुओका शहर उपभोक्ता केन्द्र
फोनबाट वा कार्यालयमा आएर परामर्श लिन सक्नुहुन्छ। (कार्यालयमा आएर परामर्श लिनको लागि बुकिङ गर्नु आवश्यक छ)
फोन नम्बर: 092-781-0999
उपलब्ध समय: सोमबार~शुक्रबार 9:00~17:00
दोस्रो र चौथो शनिबार 10:00~16:00 (फोनबाट मात्र परामर्श)
* सार्वजनिक बिदाका दिनहरू र डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख बिदा हुनेछ
फुकुओका शहरमा बसोबास गर्ने व्यक्तिगत उपभोक्ताहरूले मात्र परामर्श लिन सक्नुहुनेछ।
फोनमा दोभासे प्रयोग गर्न सक्नुहुन्छ।
फुकुओका प्रान्त उपभोक्ता केन्द्र
फोनबाट वा कार्यालयमा आएर परामर्श लिन सक्नुहुन्छ।
फोन नम्बर: 092-632-0999
उपलब्ध समय: सोमबार~शुक्रबार 9:00~16:30
आइतबार 10:00~16:00 (फोनबाट मात्र परामर्श)
* सार्वजनिक बिदाका दिनहरू र डिसेम्बर 29 तारिख~जनवरी 3 तारिख बिदा हुनेछ
फुकुओका प्रान्तमा बसोबास गर्ने व्यक्तिगत उपभोक्ताहरूले मात्र परामर्श लिन सक्नुहुनेछ।
फोनमा दोभासे प्रयोग गर्न सक्नुहुन्छ।
⚠ Due to the New Year Holiday period, applications for Vaccination Certificates of COVID-19 will not be processed from December 29 to January 3, 2022.
⚠ Applications submitted by Wednesday, December 22 will be posted by Tuesday December 28.
(Be aware that any missing or incorrect information will delay your application, and we may not be able to post your certificate by December 28.)
⚠ Applications received from Thursday, December 23 will be posted on or after Tuesday, January 4, 2022.
कोरोना खोप लगाएका व्यक्ति मध्ये, विदेश भ्रमणका निमित्त “रोकथाम खोप सम्पन्न पत्र” भन्दा भिन्दै, कोरोना खोप लगाएको प्रमाणपत्र आवश्यक पर्ने व्यक्तिलाई उहाँबाट आएको आवेदनको आधारमा “रोकथाम खोप लगाएको प्रमाणपत्र” वितरण गरिने पत्र हो।
“रोकथाम खोप लगाएको प्रमाणपत्र” भनेको, अन्य देश जाँदा सङ्क्रामक रोग नियन्त्रण निमित्तका नियमहरूबाट केही सहजता प्राप्त गर्नका लागि, उक्त देशमा कोरोना खोप लगाएको प्रमाणपत्र प्रस्तुत गर्नुपरेको खण्डमा उपयोग गर्न सकिने कुरालाई मनन गरेर बनाएको प्रमाणपत्र हो।
जापान भित्र प्रयोग गर्दा “रोकथाम खोप सम्पन्न पत्र” भए खोप लगाएको तथ्य निश्चय गर्न सकिने भएकोले विदेश भ्रमण गर्ने योजना नभएका व्यक्तिले आवेदन दिन मिल्दैन।
* “रोकथाम खोप सम्पन्न पत्र” लिन चाहने चिकित्सा संस्थामा काम गर्ने व्यक्ति या “रोकथाम खोप सम्पन्न पत्र” पुनः जारी गरि पाउन एवम् अङ्ग्रेजीमा लेखेको (आवश्यकता परेको खण्डमा मात्र) पत्र चाहने व्यक्तिले “कोरोना भाइरस खोप सम्पन्न पत्र बारेमा” हेर्नुहोस्।
कोरोना खोप लगाउँदाको समयमा फुकुओका नगरपालिकामा बसोबास दर्ता गरेका व्यक्ति जसले नयाँ कोरोना भाइरस सङ्क्रामक रोगको रोकथाम खोप लगाएको प्रमाणपत्र प्रस्तुत गर्दा उक्त देश / क्षेत्रमा भ्रमणमा जाँदा सङ्क्रामक रोग नियन्त्रण निमित्तका नियममा केही सहजता प्राप्त गर्न सक्छ उक्त व्यक्ति
*कोरोना खोप लगाउँदाको समयमा फुकुओका नगरपालिकामा बसोबास दर्ता भएको व्यक्तिले मात्र आवेदन दिन पाउँछ।
*बसाइँ जाने आउने गर्दाको परिस्थिजन्य कारणले गरेर, पहिलो पटकको मात्र अथवा दोस्रो पटकको मात्र खोप लगाउँदा फुकुओका नगरपालिकामा बसोबास दर्ता भएको व्यक्तिको सन्दर्भमा जुन खोप लगाएको हो त्यही मात्रको लागि जारी गरिने छ।
*जापान राष्ट्र बाहिर खोप लगाएका व्यक्ति (जापानको रोकथाम खोप ऐनमा आधारित नभएको खोप लिएको व्यक्ति) दायरामा पर्नेछैन।
इन्टरनेट मार्फत गरिने विद्युतीय आवेदन र हुलाक मार्फत गरिने गरी 2 प्रकारका आवेदन हुन्छन्। कुनै एकबाट आवेदन दिनुहोस्।
⚠ Due to the New Year Holiday period, applications for Vaccination Certificates of COVID-19 will not be processed from December 29 to January 3, 2022.
⚠ Applications submitted by Wednesday, December 22 will be posted by Tuesday December 28.
(Be aware that any missing or incorrect information will delay your application, and we may not be able to post your certificate by December 28.)
⚠ Applications received from Thursday, December 23 will be posted on or after Tuesday, January 4, 2022.
आवश्यक कागजात (विद्युतीय डाटा) संलग्न गरेर मात्र, निम्न वेबसाइट मार्फत आवेदन दिनुहोस्।
खोप प्रमाणपत्र वितरण आवेदन साइट (लिङ्क)
*आवेदन वेबसाइट भर्ने निर्देशिका (1,856kbyte)
⚠ Due to the New Year Holiday period, applications for Vaccination Certificates of COVID-19 will not be processed from December 29 to January 3, 2022.
⚠ Applications submitted by Wednesday, December 22 will be posted by Tuesday December 28.
(Be aware that any missing or incorrect information will delay your application, and we may not be able to post your certificate by December 28.)
⚠ Applications received from Thursday, December 23 will be posted on or after Tuesday, January 4, 2022.
आवश्यक कागजातलाई एउटै खाम भित्र हालेर निम्न पत्राचार ठेगानामा डाँक गरेर पठाउनु होस्।
(पत्राचार ठेगाना)
810-8620
Fukuoka-shi Shingata Korona Wakuchin Sesshu Shyoumei Jimu Senta; Yobou Sesshu Shoumei-Syo Tantou Yuki (फुकुओका नगरपालिका कोरोना खोप प्रमाणीकरण सचिवालय; रोकथाम खोप प्रमाणपत्र प्रभारी ज्यू)
*विशेष पोष्टल कोड प्रयोग गर्ने भएकोले ठेगाना लेख्नु पर्दैन।
*कोरोना भाइरस संक्रमणको प्रतिकदम निमित्तको काउन्टरको स्थापना भएको छैन।
ढाँचा फाराम डाउनलोड गर्न गाह्रो भएको खण्डमा सोधपुछ स्थल स्वरूपको फुकुओका नगरपालिका कोरोना भाइरस विरुद्धको खोप कल सेन्टरमा परामर्श गर्नुहोस्।
आवेदन दिँदा निम्न कागजात तयार पार्नुहोस्।
*खोप प्रमाणपत्रमा पासपोर्ट नम्बर लेखिने छ। पासपोर्टको म्याद सकिने मिति निश्चय गरेर, विदेश भ्रमण गर्दा म्याद बहाल रहिराख्ने पासपोर्टको प्रतिलिपि पेस गर्नुहोस्।
*पासपोर्टमा पुरानो थर या भिन्न थर या भिन्न नाम (अङ्ग्रेजीमा) लेखिएको रहेछ भने, उक्त पुरानो थर या भिन्न थर या भिन्न नाम पुष्टि गर्नका लागि मूल व्यक्ति पहिचान हुने कागजात सँगै खाममा हालेको हुनुपर्नेछ।
*प्रतिनिधि व्यक्तिले माग गर्ने हो भने, मूल व्यक्ति स्वयंले हस्ताक्षर गरेको वारेसनामा खाममा हाल्नुहोस्।