現在位置:福岡市ホームの中の市政全般の中の外国人支援の中の新型コロナウイルス感染症に関する外国人向けの情報からनोभल कोरोना भाइरस (कोभिड 19) का कारण समस्यामा परेका व्यक्तिहरूको लागि परामर्श काउन्टर सम्बन्धी जानकारी (हाल अप्रेल 15 तारिख)
更新日: 2021年4月15日

नोभल कोरोना भाइरस (कोभिड 19) का कारण समस्यामा परेका व्यक्तिहरूको लागि परामर्श काउन्टर सम्बन्धी जानकारी (हाल अप्रेल 15 तारिख)

English / 中文 / 한국어 / Tiếng Việt /やさしい日本語(にほんご) / 日本語


1 रोजगार (पार्टटाइम वा फुलटाइम) को खोजीमा रहेका व्यक्तिहरूको लागि

निम्न केन्द्रहरूमा रोजगार सम्बन्धी परामर्श तथा जानकारी प्रदान गरिन्छ।

विदेशी नागरिकहरूको लागि फुकुओका रोजगार सेवा केन्द्र
 फोन नम्बर: 092-716-8608
 ठेगाना: फुकुओका सहर च्युओ वडा तेन्जिन 1-4-2    एल्गारा अफिस 12F
 निम्न केन्द्रहरूमा रोजगार सम्बन्धी परामर्श तथा जानकारी प्रदान गरिन्छ।

फुकुओका अन्तर्राष्ट्रिय विद्यार्थी सहयोग केन्द्र (विश्वविद्यालय, जुनियर कलेज आदिका विदेशी विद्यार्थीहरूको लागि मात्र)
 फोन नम्बर: 092-725-9201
 ठेगाना: फुकुओका सहर च्युओ वडा तेन्जिन 1-1-1    अक्रोस फुकुओका 3F    फुकुओका अन्तर्राष्ट्रिय आदानप्रदान फाउन्डेसन “कोकुसाइ हिरोबा”
 फुकुओका अन्तर्राष्ट्रिय विद्यार्थी सहयोग केन्द्र
 
विस्तृत जानकारी भएको PDF

फुकुओका प्रान्त आकस्मिक छोटो अवधि रोजगार सिर्जना परियोजना
 फुकुओका प्रान्तमा विद्यार्थी र प्रवासी विद्यार्थी लगायतका जागिर गुमाउनेहरूका लागि आकस्मिक रूपमा छोटो अवधिको रोजगार सिर्जना गर्न एक परियोजना कार्यान्वयन गरिनेछ।
 फुकुओका प्रान्त भित्र अवस्थित प्रशासनिक आयोगहरू र कम्पनीहरू तथा संगठनहरूका रोजगार प्रस्तावहरू योजनामा राखिएका छन्, तर रोजगार सम्बन्धी विस्तृत जानकारी यसपछि क्रमिक रुपमा फुकुओका प्रान्तको होमपेजमा अपडेट (अध्यावधिक) गरिने हुनाले कृपया फुकुओका प्रान्तको होमपेजमा हेरी निश्चित गर्नुहोस्। थप रूपमा, फुकुओका प्रान्त कार्यालयको रोजगार भर्ना मे महिना २० तारिखदेखि सुरु भएको छ।
 फुकुओका प्रान्त आकस्मिक छोटो अवधि रोजगार सिर्जना परियोजना (फुकुओका होमपेज )
 नयाँ कोरोना भाइरस संक्रमणबाट प्रभावित विशेष बेरोजगरीहरूको लागि श्रम परामर्श काउन्टर
 फुकुओका कामदार समर्थन कार्यालय  फोन नम्बर : 092-735-6149

* आफू काम गर्ने कम्पनीको निर्देशन अनुसार बिदामा बसेको तर कम्पनीबाट पारिश्रमिक नपाएको व्यक्तिहरूको लागि
 संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को असरले गर्दा अप्रिल 1 तारिखदेखि डिसेम्बर 31 तारिखसम्मको अवधिमा, व्यापारव्यवसायको मालिकको निर्देशन अनुसार बिदामा बसेको, तर कार्यस्थलबाट उक्त बिदामा बसेको अवधिको पारिश्रमिक नपाएको व्यक्तिहरूलाई सरकारद्वारा प्रत्यक्ष रूपमा बिदामा बस्नु अगाडिको पारिश्रमिकको 80% रकम भुक्तानी गरिन्छ। पार्ट टाइम (आरुबाइतो) गर्ने विद्यार्थी तथा विदेशी नागरिक पनि यसको दायरामा पर्दछन्। जुलाई 10 तारिखदेखि हुलाक मार्फत आवेदन लिन सुरु गरिन्छ।
 संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को कारण लिनु परेको बिदाको लागि सहायता रकम तथा अनुदान (स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको होमपेज)
 फोन नम्बर:0120-221-276(सोमबारदेखि शुक्रबार 8:30~20:00, शनिबार, आइतबार र सार्वजनिक बिदाको दिन 8:30~17:15)

 

2 दैनिक खर्च धान्न मुस्किल परेका व्यक्तिहरूको लागि

फुकुओका सहर समाज कल्याण परिषद्
फुकुओका जिल्ला समाज कल्याण परिषद्ले संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को प्रभावले व्यापारव्यवसाय बन्द गर्नु परेका वा रोजगारी गुमाएका जस्ता कारणले दैनिक खर्चबारे चिन्तित व्यक्तिहरूको लागि दैनिक जीवनयापन कल्याणकारी कोषको केही अंश (आपत्कालिन सानो रकम कोष र वृहत् सयोग कोष) विशेष ऋण दिइरहेको छ।
विस्तृत जानकारी तथा सर्तहरू आदिको लागि फुकुओका सहर समाज कल्याण परिषद्मा सम्पर्क गर्नुहोस्।
※फुकुओका सहर समाज कल्याण परिषद्ले फुकुओका सहरमा आधिकारिक रूपमा दर्ता गरेर बसोबास गर्ने व्यक्तिहरूलाई मात्र विशेष ऋण सम्बन्धी परामर्श दिने कुरा अग्रिम रूपमा जानकारी गराउन चाहन्छौं।
 फोन नम्बर: 092-791-7266 (सोमबारशुक्रबार 9:0017:00)
 ठेगाना: फुकुओका सहर च्युओ वडा आरातो 3-3-39    फुकुओका सहर नागरिक कल्याण प्लाजा 4F
  URL:फुकुओका सहर समाज कल्याण परिषद्
  विस्तृत जानकारी भएको PDF

आवास सुरक्षा अनुदान रकम
 यदि परिवारको जीविकोपार्जन गर्ने मूल व्यक्तिको बेरोजगारी तथा काममा कटौती आएको कारण आय आर्जनमा भारी गिरावट आई घर-भाँडा तिर्न कठिनाइ भएको खण्डमा, शहर कार्यालयले निश्चित समयावधिका लागि घर धनीलाई सिधै घर-भाँडा तिरिदिने व्यवस्था मिलाइएको छ।
 परिवारको आय आर्जन तथा वित्तीय सम्पत्ति आदि विभिन्न मापदण्डहरू भएकाले, घर-भाँडाको सम्पूर्ण रकम तिर्न सकिनेछ भन्ने जरुरी रहँदैन।
 यसमा स्व-रोजगार व्यक्तिहरू र स्वतन्त्र रोजगार व्यक्तिहरू (फ्री लान्सर) पनि समावेश रहने छन्।
 सामान्यतया, यस व्यवस्थाका लागि विद्यार्थीहरू योग्य हुने छैनन्, यद्यपि यस समयावधिभित्र एक अपवादका  रूपमा रेमिट्यान्स प्राप्त नगरी आंशिक रोजगार (आरुबाइतो) मात्रले शैक्षिक शुल्क तथा जीवनयापनका लागि आवश्यक खर्च पुरा गरिरहेका विद्यार्थीहरूका लागि, आंशिक रोजगार (आरुबाइतो) गुमाई, नयाँ आंशिक रोजगार (आरुबाइतो) खोजिरहेको अवस्था आदिमा, माथि उल्लेख गरिएका मापदण्डहरू पुरा गरिएको खण्डमा यो अनुदान रकम प्रदान गरिनेछ।
 आवास सुरक्षा अनुदान रकमको मार्गदर्शन (स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञप्ति पत्र )

 आवास सुरक्षा अनुदान रकम परामर्श कल सेन्टर (स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय)
 फोन नम्बर : 0120-23-5572    (बिहान 9 बजेदेखि राति 9 बजे )

 फुकुओका सहर आवास सुरक्षा अनुदान रकम (फुकुओका शहर होमपेज )
 फोन नम्बर : 0120-17- 3456 (सोमबारदेखि शुक्रबार (सार्वजनिक बिदाको दिन बाहेक) बिहान 9 बजेदेखि बेलुका 5 बजे)

कर, पानीको महसुल आदि भुक्तानी गर्न मुस्किल परेको खण्डमा
संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को प्रभावले व्यापारव्यवसाय बन्द गर्नु परेको वा रोजगारी गुमाएको जस्ता कारणले कर, पानीको महसुल आदि भुक्तानी गर्न मुस्किल परेका व्यक्तिहरूले भुक्तानी म्याद जस्ता कुराहरूबारे परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।
【सम्पर्क】
  ・स्थानीय कर
    तपाईं बसोबास गर्ने वडा कार्यालयकोकर भुक्तानी शाखा आदि
  ・नागरिक स्वास्थ्य बिमा शुल्क र जेष्ठ नागरिक चिकित्सा बिमा शुल्क
    तपाईं बसोबास गर्ने वडा कार्यालयकोबिमा तथा पेन्सन शाखा आदि 
  ・नर्सिङ केयर बिमा शुल्क
   तपाईं बसोबास गर्ने वडा कार्यालयकोकल्याण तथा नर्सिङ केयर बिमा शाखा
  ・पानीको महसुल
    तपाईं बसोबास गर्ने ठाउँको सम्बन्धित कार्यालय 
  ・ढल प्रयोग शुल्क
    सडक तथा ढल निकास ब्युरो, ढल निकास शुल्क शाखा


3 अस्पताल तथा चिकित्सा सम्बन्धी परामर्श काउन्टरहरू

विदेशी नागरिकहरूको लागि संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) सँग सम्बन्धित परामर्श लिने फुकुओका सहरको हटलाइन
संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को संक्रमणबाट कसरी बच्ने, स्वास्थ्य संस्थामा कसरी जचाउन सकिन्छ जस्ता कुराहरूबारे जानकारी प्रदान गरिन्छ।
  फोन नम्बर: 092-687-5357 (चौबिसै घण्टा खुला रहनेछ र 20 भाषाहरूमा कुराकानी गर्न सकिन्छ)
संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) बाट बच्ने तरिका र यस रोगको मुख्य लक्षणहरू जान्नको लागि निम्न लिङ्कमा राखिएको जानकारी हेर्नुहोस्।
  संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) बाट बच्नको लागि ध्यान दिनुपर्ने कुराहरू

फुकुओका एशियन चिकित्सा सहयोग केन्द्र
संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) बाहेकका अन्य स्वास्थ्य समस्या भएमा यहाँ सम्पर्क गर्नुहोस्।
अस्पतालको जानकारी र फोन मार्फत दोभासे सेवा प्रदान गरिन्छ।
 फोन नम्बर: 092-286-9595 (चौबिसै घण्टा खुला रहनेछ र 20 भाषाहरूमा कुराकानी गर्न सकिन्छ)

परीक्षण तथा उपचार खर्चबारे
तपाईंमा शंकास्पद लक्षण देखिएको छ भने ”संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) सँग सम्बन्धित परामर्श लिने हटलाइन (092-687-5357)” मा सम्पर्क गरी परामर्श लिनुहोस् र यदि तपाईंलाई तोकिएको स्वास्थ्य संस्थामा गई जचाउन भनिएमा, त्यस स्वास्थ्य संस्थामा गई जचाउनुहोस्। जचाएपछि PCR परीक्षण गर्नुपर्ने अवस्था आएको खण्डमा, तपाईंले त्यो PCR परीक्षण खर्च बेहोर्नु पर्दैन। तर PCR परीक्षण बाहेकका अन्य जचाउन लागेको खर्चहरू भने तपाईं आफैले बेहोर्नुपर्नेछ। जचाउन लाग्ने खर्च स्वास्थ्य संस्था अनुसार फरक हुन्छ।
तपाईंको PCR परीक्षण नतिजा पोजेटिभ आएमा (संक्रमित भएको पुष्टि भएमा), अस्पतालमा भर्ना हुन लाग्ने शुल्क जस्ता उपचार खर्चहरू तपाईंले बेहोर्नु पर्नेछैन।


4 जापानमा बसोबास गर्नको लागि आवश्यक प्रक्रिया आदिबारे परामर्श लिने काउन्टर

विदेशी नागरिकको लागि जापान बसाइ सम्बन्धी समग्र जानकारी केन्द्र
यस केन्द्रमा सम्पर्क गरी जापान प्रवेश तथा जापानमा बसोबास गर्नको लागि आवश्यक प्रक्रियाहरू जस्ता कुराहरूबारे परामर्श लिन सकिन्छ।
 फोन नम्बर: 0570-013904 (सोमबारशुक्रबार 8:30~17:15)
 ठेगाना: फुकुओका सहर च्युओ वडा माइजुरू 3-5-25

* Information for foreign nationals having difficulty returning to their home country due to the impact of COVID-19
This is a notice issued for those who had their residence status changed to “Temporary Visitor (90 Days)” or “Designated Activities (3 Months)” as they could not return to their home country because of the impact of COVID-19. The Immigration Service Agency will grant the residence status of “Designated Activities (6 Months) to those in the above situation.
From October 19, it is now possible for you to change your visa status to a 6-month Designated Activities working visa if you previously had Student status on your visa, regardless of your graduation date or whether you graduated from your university or not. Students who graduated before 2020 can now also apply.

Visit the Ministry of Justice of Japan website for more details. 
 The Ministry of Justice of Japan website


5 अन्य परामर्श काउन्टरहरू

निम्न केन्द्रहरूले दैनिक जीवनसँग सम्बन्धित समग्र कुराहरूबारे परामर्श सेवा प्रदान गर्नुका साथसाथै तपाईंलाई आवश्यक जानकारी तथा सम्बन्धित निकायको जानकारी पनि प्रदान गर्दछ।

फुकुओका सहरको विदेशी नागरिकहरूको लागि समग्र परामर्श सहयोग केन्द्र
 फोन नम्बर: 092-262-1799 (सोमबारशुक्रबार 8:45~18:00)
 ठेगाना: फुकुओका सहर हाकाता वडा तेनयामाची 4-1 फुकुओका सहर अन्तर्राष्ट्रिय केन्द्र 1F

फुकुओका जिल्लाको विदेशी नागरिकहरूको लागि परामर्श केन्द्र
 फोन नम्बर: 092-725-9207 (10:00~19:00)
 ठेगाना: फुकुओका जिल्ला फुकुओका सहर च्युओ वडा तेन्जिन 1-1-1 अक्रोस फुकुओका 3F

कम्पनीले जागिरमा राखेको विदेशी नागरिकहरूको लागि
संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) को प्रभावको कारण कम्पनीको व्यापार (आर्थिक स्थिति) नराम्रो भएको भए तापनि, विदेशी नागरिक भएको कुरालाई कारण बनाई, कम्पनीले जापानी नागरिकलाई भन्दा विदेशी कामदारलाई घाटा हुने प्रकारको व्यवहार गर्न कदापि पाउनेछैन। तलको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको होमपेज हेर्नुहोस्।
 जागिरमा राखेको सम्पूर्ण विदेशी नागरिकहरूको लागि (स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको होमपेज)


6 व्यापारव्यवसाय सञ्चालकहरूको लागि

फुकुओका सहर भित्रको साना तथा मध्यम स्तरका कम्पनीहरू र एकलौटी व्यवसायको मालिकहरूको लागि कर्जा आदिको विशेष परामर्श काउन्टर
 【फुकुओका सहर साना तथा मध्यम स्तर कम्पनी सहयोग केन्द्र】
  कर्जा परामर्श फोन नम्बर: 092-441-2171
  (सोमबारशुक्रबार 9:00~17:00, नाम लेखाउन नपर्ने, 16:30 सम्ममा सम्पर्क गर्नुहोस्)
 Fukuoka City Small- and Medium-Sized Enterprises Support Center
 Employment Adjustment Grants(Website of Ministry of Health, Labour and Welfare)
 Special measures for the postponement of national tax payment(Website of National Tax Agency)
 Special measures for the postponement of prefecture tax payment(Website of Fukuoka Prefecture)
 Special measures for the postponement of municipal tax payment If You Are Struggling to Pay Your Taxes

■रेस्टुरेन्टहरूको लागि सहयोग
फुकुओका जिल्लाले पनि, रेस्टुरेन्टले नयाँ सेवाको रूपमा खाना डेलिभरी वा टेकआउट सुरु गर्दा लाग्ने प्रचार खर्च, खाना हाल्ने कन्टेनर शुल्क आदिको 75% रकम, अधिकतम 5 लाख येन अनुदान दिने प्रणालीको व्यवस्था गरेको छ।
 फुकुओका जिल्ला संक्रामक रोग नोभल कोरोना भाइरस (कोभिड 19) आपत्कालिन प्रतिकदमसाना तथा मध्यम स्तरका कम्पनीको प्रगतिशील व्यापारको लागि अनुदान रकम