नयाँ कोरोना भाइरस सङ्क्रमणको असर लामो समयसम्म लम्बिँदै गएको कारण विभिन्न कठिनाइ भोगेका व्यक्तिहरूलाई दैनिक जीवनयापनको लागि सहयोग स्वरूप राष्ट्रिय सरकारले निवासी कर छुट पाएका घरपरिवार आदिलाई प्रति परिवार 1 लाख येन नगद प्रदान गर्नेछ।
2022 साल जुन महिनादेखि प्रणाली आंशिक रूपमा परिवर्तन हुनेछ। आर्थिक वर्ष 2022 सालमा नवीकृत निवासी कर छुटको दायरामा परेका घरपरिवारहरूलाई निश्चय पत्र पठाइनेछ। यसभन्दा अघि यो अनुदान रकमको भुक्तानी पाइसकेको घरपरिवारहरू भुक्तानीको दायरामा नपर्ने हुनाले ध्यान दिनुहोस्।
प्रति परिवार 1 लाख (100,000) येन
(1)आर्थिक वर्ष 2022 साल निवासी कर छुट पाएका घरपरिवार
मानक मिति (सन् 2021 साल डिसेम्बर 10 तारिख)-मा फुकुओका सहरमा निवासी दर्ता भई, आर्थिक वर्ष 2022 सालमा नवीकृत घरपरिवारका सबै सदस्यहरूको नगर बासिन्दा कर समान कर भुक्तान रकम छुट भएका घरपरिवार
*यसमा अध्यादेशद्वारा निवासी कर समान कर भुक्तान रकमबाट मुक्त भएका घरपरिवार पनि समावेश हुन्छन्।
(2)आर्थिक वर्ष 2021 साल निवासी कर छुट पाएका घरपरिवार
मानक मिति (सन् 2021 साल डिसेम्बर 10 तारिख)-मा फुकुओका सहरमा निवासी दर्ता भएका र आर्थिक वर्ष 2021 सालको घरपरिवारका सबै सदस्यहरूको नगर बासिन्दा कर समान कर भुक्तान रकम छुट पाएको घरपरिवार
*यसमा अध्यादेशद्वारा निवासी कर समान कर भुक्तान रकमबाट मुक्त भएका घरपरिवार पनि समावेश हुन्छन्।
(3)आर्थिक अवस्था अचानक परिवर्तन भई जीविका चलाउन धौधौ परेका घरपरिवार
आवेदन दिने समयमा फुकुओका सहरमा निवासी दर्ता भएका र नयाँ कोरोना भाइरस सङ्क्रमणको कारण 2021 साल जनवरीदेखि यता आम्दानी घटेकाले माथि उल्लिखित (1) सरहको परिस्थिति भएको भन्ने मान्यता प्राप्त घरपरिवार
* यो अनुदान रकमको भुक्तानी एउटा घरपरिवारले एक पटकमा पाउन सक्नेछन्। (1)~(3) का बहुसङ्ख्य आवश्यकताहरू पूरा गरेको अवस्था भए तापनि, बहुसङ्ख्य पटक भुक्तानी पाउन सकिनेछैन।
*(1)~(3)कुनैमा पनि यस्तो घरपरिवार पर्दैन, जुन घरपरिवार नगर बासिन्दा कर समान कर भुक्तान रकमको छुट नपाएका व्यक्तिका आश्रित नातेदारहरू आदि मात्र छन्।
*आर्थिक अवस्थामा अचानक परिवर्तन भई जीविका चलाउन धौधौ परेका घरपरिवार निर्धारण गर्ने विधिबारे
घरपरिवारको कुल आम्दानीलाई नभई घरपरिवारका प्रत्येक सदस्यहरूको आम्दानीलाई लिएर ती प्रत्येक आम्दानी रकम निवासी कर छुट पाउन योग्य छ कि छैन भन्ने कुराको आधारमा निर्धारण गरिनेछ। निवासी कर छुट पाउन योग्य छ कि छैन भन्ने कुरा 2022 साल जनवरीदेखि यताको "कुनै एक महिनाको आम्दानी"-लाई 12-ले गुणन गरी वार्षिक आयको हिसाब निकालेर निर्धारण गरिनेछ। यद्यपि कुल आम्दानी अनुसार जाँच्न नमिलेको खण्डमा एक वर्षको खुद आय (कुल आम्दानीबाट मिनाहा कटौती गरेको बाँकी रकम) अनुसार निर्धारण गरिनेछ।
आर्थिक अवस्थामा अचानक परिवर्तन भई जीविका चलाउन धौधौ परेको घरपरिवारमा आफू पर्छु कि पर्दैन, पक्का छैन भने तल लेखिएको कलसेन्टरमा सम्पर्क गरी सोधपुछ गर्नुहोस्।
अनुदान रकम प्राप्त गर्न तपाईँले प्रक्रिया पूरा गर्नु आवश्यक छ।
・सम्भवतः दायरामा परेको घरपरिवारलाई मध्य जुनदेखि क्रमिक रूपमा निश्चय पत्र पठाइनेछ।
・पत्रमा उल्लेख गरिएका कुराहरू पढेर निश्चय गरी आवश्यक जानकारी भरेपछि फिर्ता पठाउनुहोस्।
・पेस गर्नुपर्ने म्याद 2022 साल सेप्टेम्बर 30 तारिखसम्म रहेको हो।
・आर्थिक वर्ष 2022 साल निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकमको जानकारी (1,241kbyte)
・आर्थिक वर्ष 2022 साल निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकम प्रदान गर्नको लागि आवश्यकता निश्चय पत्र भर्ने नमुना तरिका (1,374kbyte)
・2022 साल फेब्रुअरी तिर अनुदान रकम प्राप्त गर्न सम्भवतः योग्य घरपरिवारलाई अनुदान रकम प्रदानको विवरण र निश्चय गर्नुपर्ने विषयबारे उल्लेख गरिएको निश्चय पत्र पठाइएको छ।
・पत्रमा उल्लेख गरिएका कुराहरू पढेर निश्चय गरी आवश्यक जानकारी भरेपछि फिर्ता पठाउनुहोस्।
・पेस गर्नुपर्ने म्याद 2022 साल सेप्टेम्बर 30 तारिखसम्म लम्ब्याइएको छ। अझै पेस नगरेको व्यक्तिले शीघ्र पेस गर्नुहोस्।
・आर्थिक वर्ष 2021 साल निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकमको जानकारी (745kbyte)
・आर्थिक वर्ष 2021 साल निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकम प्रदान गर्नको लागि आवश्यकता निश्चय पत्र भर्ने नमुना तरिका (963kbyte)
・आवेदन दिनु आवश्यक छ।
・आवेदन पत्रमा आवश्यक कुराहरू भरेर आवश्यक कागजातहरू संलग्न गरी हुलाकमार्फत पठाएर पेस गर्नुहोस्।
・आवेदन पत्र 2022 साल सेप्टेम्बर 30 तारिखसम्ममा तल उल्लिखित स्थानमा अनिवार्य रूपमा पुगिसकेको हुनुपर्छ।
・आर्थिक अवस्था अचानक परिवर्तन भई जीविका चलाउन धौधौ परेको घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकमबारे जानकारी (1,061kbyte)
निश्चय पत्र र आवेदन पत्र प्राप्त भएपछि कागजातको छानबिन कार्य पूरा हुने बित्तिकै क्रमिक रूपमा बैंक खातामा अनुदान रकम ट्रान्स्फर गरिनेछ।
*अनुमानित रकम ट्रान्स्फर मिति लगभग 3 हप्ता जति रहेको छ।
*यद्यपि कागजातमा त्रुटि भएको अवस्था आदिमा भुक्तानी समय पछि सर्न सक्छ।
・DV आदिको कारण सुरक्षित ठाउँमा छुट्टै बसेको व्यक्तिले पनि कुनै-कुनै अवस्थामा अनुदान रकम प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले कृपया तल उल्लिखित कलसेन्टरमा सम्पर्क गर्नुहोस्।
・आवेदन पत्र 2022 साल सेप्टेम्बर 30 तारिखसम्ममा तल उल्लिखित स्थानमा अनिवार्य रूपमा पुगिसकेको हुनुपर्छ।
〇आर्थिक वर्ष 2022 साल निवासी कर छुट पाएका घरपरिवार
・आर्थिक वर्ष 2022 साल निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकमको आवेदन पत्र (बीजक) (कर छुट पाएका घरपरिवारका लागि) (531kbyte)
・भरेको नमुना (7,229kbyte)
〇आगथतक वषत 2021 साल निवासी कर छुट पाएका घरपररवार
・आर्थिक वर्ष 2021 साल निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकमको आवेदन पत्र (बीजक) (कर छुट पाएका घरपरिवारका लागि) (226kbyte)
・भरेको नमुना (1,640kbyte)
〇आगथतक अवस्था अचािक पररविति भई जीववका चलाउि धौधौ परेका घरपररवार
・निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकम (आर्थिक अवस्था अचानक परिवर्तन भई जीविका चलाउन धौधौ परेका घरपरिवारका लागि)-को आवेदन पत्र (बीजक) (521kbyte)
・भरेको नमुना (5,380kbyte)
・कुल आम्दानी (खुद आय) अपेक्षित रकमको सरल याचिका (आर्थिक अवस्था अचानक परिवर्तन भई जीविका चलाउन धौधौ परेका घरपरिवार) (531kbyte)
・भरेको नमुना (5,459kbyte)
・कुल आम्दानी (खुद आय) अपेक्षित रकमको सरल याचिका 【आर्थिक अवस्था अचानक परिवर्तन भई जीविका चलाउन धौधौ परेका घरपरिवार】आम्दानीसँग सम्बन्धित याचिका (थप पत्र) (652kbyte)
〇विशेष ध्यान पुर्याउनुपर्ने व्यक्ति (पति, पत्नी वा पार्टनरबाट हुने हिंसा (DV) आदिको कारण सुरक्षित ठाउँमा छुट्टै बसेको व्यक्ति)-का लागि
・निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकम प्राप्त गर्नको निम्ति DV आदिबाट हुने पीडाको लागि निवेदनको स्वीकृति पुष्टीकरण पत्र (फारम नम्बर 5) (214kbyte)
・निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकम प्राप्त गर्नको निम्ति पति, पत्नी वा अन्य नातेदारबाट हुने हिंसा आदिको कारण सुरक्षित ठाउँमा छुट्टै बसिरहेको बेहोराबारे निवेदन पत्र (फारम नम्बर 6) (108kbyte)
・हुलाकमार्फत पठाउने खामको ढाँचा (1,023kbyte)
*कृपया हुलाक टिकट टाँस्नुहोस्। यसबाहेक अन्य खाम पनि प्रयोग गरेर हुलाकमार्फत पठाउन सक्नुहुन्छ।
फुकुओका सहर निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकम सम्बन्धी कार्य प्रक्रिया केन्द्र
〒810-0004 फुकुओका सहर च्युओउ-कु वातानाबेदोरी 3-10-26 तेन्जिन मिनामी बिल्डिङ
Q. म हालसालै जापानमा आएको व्यक्ति हुँ। मैले पनि अनुदान रकम पाउँछु?
A. 2021 साल डिसेम्बर 10 तारिखमा निवासी दर्ता पञ्जिकामा दर्ता गरिएका व्यक्तिहरू(यसमा निवासी दर्ता नभएका तर जापानमा जीवनयापन गरिरहेका व्य क्तिहरू पनि पर्छन्) यो अनुदान रकमको दायरामा पर्छन्।
2021 साल डिसेम्बर 11 तारिख वा सोभन्दा पछि जापानमा आएका व्यक्तिहरू भुक्तानीको दायरामा पर्दैनन्।
Q. मैले एक पटक यो अनुदान रकम लिएको छु। जति पटक पनि पाइन्छ?
A. यो अनुदान रकम एउटा घरपरिवारले एक पटक मात्र पाउन सक्छन्।
साथै माथि लेखिएको 2.(1)~)3) मा नपर्ने व्यक्तिहरू भुक्तानीको दायरामा पर्दैनन्।
फुकुओका सहर निवासी कर छुट पाएका घरपरिवार आदिका लागि अस्थायी विशेष अनुदान रकम कलसेन्टर
फोन नम्बर: 0120-018-092 (बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म, सार्वजनिक बिदाबाहेकका सोमबारदेखि शुक्रबारसम्मका दिनहरू मात्र)
*अङग्रेजी, चिनियाँ, कोरियन, भियतनामिज, नेपाली, स्पेनिस र पोर्चुगिज भाषामा पनि कल गर्न सक्नुहुन्छ।
कृपया "बैंक ट्रान्सफर गराउने ठगी" र "व्यक्तिगत जानकारीको चोरी"-देखि सावधान हुनुहोस्!
・उक्त प्रक्रियाको लागि कुनै पनि हालतमा स्वचालित टेलर मेसिन (ATM)-को प्रयोग गर्नु आवश्यक हुँदैन।
・नगरपालिकाले अनुदान रकमको सन्दर्भमा तपाईँको घरमा कुनै पनि मानिस कहिल्यै पठाउनेछैन।
・कलसेन्टर (0120-018-092) बाहेक अरू कुनै पनि नम्बरबाट कहिल्यै कल गरिनेछैन।
यदि तपाईँको घरमा फुकुओका सहरका कर्मचारीको पहिचान गरी शंकास्पद कल वा भ्रमण भएको खण्डमा कृपया नजिकको प्रहरी चौकी वा प्रहरी परामर्शको लागि समर्पित फोन (#9110)-मा सम्पर्क गर्नुहोस्।